© २०२३
बुटवल, २० असार ।
लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगीत भएको छ । विद्युत लाइन गएका कारण बैठक स्थगीत भएको हो । प्रदेशसभाका सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएकाले १० मिनेटका लागि बैठक स्थगीत भएको घोषणा गरे । लुम्बिनी प्रदेशमा बजेटका विषयमा असन्तुष्टि जनाउँदै लगातार सदन अवरुद्ध गर्दै सोमबार बजेट पुस्तिका च्यातेर सदन बहिस्कार गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकार बीच मंगलबार रापत सहमति भएपछि बुधबारको बैठक बसेको हो ।
बैठकलाई संबोधन गर्दै एमाले सांसद तुलसी चौधरीले मुख्यमन्त्री र केही मन्त्रीहरुले आफ्नो जिल्ला र क्षेत्रमा बजेट केन्द्रित गरेको भन्दै आपत्ति प्रकट गरे । त्यसअघि मुख्यमन्त्री डिल्लीकुमार चौधरीले बैठकलाई संबोधन गरेका थिए ।