ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

लुम्बिनी प्रदेशसभा : सत्तापक्षको बलमिच्याइँ, प्रतिपक्षको नाराबाजी

१९ असार २०८०, मंगलवार
१९ असार २०८०, मंगलवार

बुटवल, असार १९ ।

लुम्बिनी प्रदेश सभामा सत्ता र प्रतिपक्ष सांसदहरुका आ–आफ्ना अडान कायमै छन् । सत्तापक्षले बलजफ्ती गर्ने, बलमिच्याइँ गर्ने र प्रतिपक्षले सरकारको जवाफ माग गर्ने क्रम चलिरहेको छ । सत्तापक्षले पेलेर जाने नीति लिएको देखिएको छ भने प्रतिपक्षले सालिन तरिकाले सशक्त विरोध गरिरहेको छ ।

सदनमा प्रतिपक्षी दलका सांसदका रुपमा बोल्दै सांसद भोजप्रसाद श्रेष्ठले मुख्यमन्त्री र मन्त्रीहरु छलफलबाट भागिरहेको बताए । सांसद श्रेष्ठले संघीयताका नामाम भइरहेको वेथिति प्रति दिक्कदारी प्रकट गर्दै त्यसको जिम्मेवार सरकार रहेको बताए । सदनमा महत्वपूर्ण विषयमा छलफल भइरहँदा मुख्यमन्त्री भने कतै देखा नपरेको भन्दै सांसद श्रेष्ठले मुख्यमन्त्रीलाई सदनमा उपस्थित हुन अनुनय विनय गरे । सांसद श्रेष्ठले मुख्यमन्त्रीलाई सदनमा उपस्थित हुन आग्रह गर्दै भने–‘दलका तर्फबाट, सिंगो प्रतिपक्षका तर्फबाट अनुरोध गर्दछु र व्यक्तिगत रुपमा पनि साष्टाङ्ग दण्डवत गर्दछु मुख्यमन्त्री ज्यू सदनमा आउनुस् ।’

लुम्बिनी प्रदेश सभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै सांसद श्रेष्ठले सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री, मन्त्रीहरुका गतिविधिले नै वेथिति, विसंगति बढाएको दाबी गरे । राजनीतिक जनतामा निराशा छाएको र त्यसले सबै राजनीतिक दलका नेतृत्वप्रति नै वितृष्णा जगाएको उल्लेख गरे । सत्तापक्षले बजेटमा एकलौटी र पूर्वाग्रह साधेंपछि र सदनमा प्रतिपक्षी दलले सशक्त प्रतिरोध गरेको छ । प्रतिपक्षको नाराबाजीकै बीचमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने, सत्तापक्षका सांसदले एकपक्षीय धारणा राख्ने, त्यसैका आधारमा अर्थमन्त्रीले धारणा राख्ने र सभामुखले सैद्दान्तिक छलफल सकिएको घोषणा गर्ने काम भएको छ ।

मंगलबारको सदनमा जनमोर्चाकी सांसद तारा थापा, नेकपा एसकी भगवती अधिकारी, राप्रपाका सांसद मिना श्रेष्ठ, रोल्पाबाट निर्वाचित माओवादी सांसद सुरुल पुन, कांग्रेसकै सांसद लोकीकुमारी विकलगायतले बोलेका थिए । दाङबाट समानुपातिक सांसद विकले समानुपातिक सांसदहरुका लागि क्षेत्र विकास कार्यक्रममा विभेद गरिएको र त्यसमा सत्ताप्रतिपक्ष दुबैको एकमत रहेको उल्लेख गर्दै दोहोरो भूमिका निर्वाह गरेको गुनासो गरिन् । उनले आफुहरु पनि राजनीति गरेर आएको तर, सदनमा बजेट विनियोजन गर्ने क्रममा विभेद गरिएको बताइन । सरकारको बलमिच्याइँ गर्दै पेलेर गइरहेको भन्दै प्रतिपक्षी दलले आपत्ति जनाएको छ । मंगलबारको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरुले रोष्ट्रममा घेराउ र नाराबाजी गरे ।

तर, सभामुखले प्रतिपक्षले उठाएका विषयमा वास्तै नगरी बैठकको कारबाही अगाडि बढाए । जवाफ माग गर्दै प्रतिपक्षको नाराबाजी जारी वर्तमान गठबन्धन सरकारले यसअघिका महत्वपूर्ण आयोजनाका बजेट र सांसदले पेश गरेका अत्यावश्यक योजनासमेत कटौती गरेर बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले सदनमा सशक्त विरोध जनाउँदै आएको एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री लिला गिरीले सदनको सुरुमै बजेटका बारेमा धाराणा राखेर बजेट पूर्वाग्रही, सतही, संघीयताको मर्म विपरीत, बेथिति निम्त्याउने र कार्यकर्ता पोस्ने खालको आएको भन्दै सच्याउनुपर्नेमा जोड दिएका थिए । बजेटको विरोधमा सत्तापक्षकै पनि कतिपय सांसदहरु देखिएपछि सरकारलाई हम्मेहम्मे परेको छ । सदन सुरु भएका दिनदेखि बजेटका बारेमा छलफल नै सुरु भएको छैन । सरकारले यसका लागि आवश्यक वातावरण नै बनाउन सकेको छैन ।

मुख्यमन्त्री डिल्ली चौधरी सदनको गतिरोध हल गर्नेतिर भन्दा जिल्ला दौडाहामा केन्द्रित भएको भन्दै सत्तापक्षकै सांसदले गुनासो गरेका छन् । लुम्बिनी प्रदेश सरकारले असार १ गते सदनमा बजेट प्रस्तुत गरेको थियो । आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट प्रस्तुत गरेका थिए । बजेट सार्वजनिक भएपछि सत्तापक्षकै केही सांसदले टिप्पणी गरे–बजेट गतिलो आएन र सांसदहरुसँग मागिएका योजनाहरुसमेत कुनै समावेश भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?