© २०२३
लमही,७ असार ।
राष्ट्रिय स्वन्त्र पार्टीले विविध कार्यक्रम गरी आफ्नो वर्षगाँठ मनाएको छ । गतवर्ष असार ७ गते विधिवत रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेको एक वषपुगेको अवसरमा विहिवार आफनो वार्षिक उत्सव मनाएको हो ।
स्वतन्त्र पार्टीले विहिवार लमहीमा लुम्विनी प्रदेशस्तरीय प्रथम बार्षिक उत्सव तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी अन्य दलहरुका प्रतिनिधि, वुद्धिजिवी, समाजसेवीहरुको वाक्लो उपस्थिति रहेको थियो ।
सहभागीहरुले पछिल्लो समयमा रास्वपाप्रति जनतामा वढेको क्रेज आशा विश्वासलाई टुट्न नदिन आग्रह गरेका छन् । नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका सदस्य एवं लमही नगरपालिकका पूर्व मेयर कुलवहादुर केसीले पुराना पार्टीहरुले केही नै नगरेको भन्ने होइन गर्दा गर्दै पछिल्लो समयमा ती पार्टीभित्र विकृति मौलाएका कारण नयाँ पार्टीको रुपमा रास्वपाको जन्म भएको वताए ।
उनले रास्वपालाई जनताले विश्वास गरेका छन तर विश्वासलाई निरासामा जान नदिनुहोस भने । साथै केसीले विश्वको इतिहासलाई हेर्दा छोटो समयमै चर्चा कमाएका पार्टीहरु दिर्घकालिन रुपमा स्थापित हुन नसकेको भन्दै रास्वपा यस्तो नहोस्, रास्वपाले आफनो वाटो तय गर्दै,स्पष्ट नीति अवलम्वन गर्न सुझाव दिए ।
नेपाली काँग्रेसका क्षेत्रिय सभापति भेषराज पाण्डेले अन्य दलहरुले केही नै गरेनन् भन्ने होइन धेरै गरे, तर गर्दा गर्दै केही कमजोरी भएका कारण रास्वपाको जन्म भएको बताए । कार्यक्रममा रास्वपाका लुम्विनी प्रदेश समितिका इन्चार्ज देवराज पाठकले रास्वपाले संविधानको मूल्य मान्यता अनुरुप काम गर्दै डिजिटल समाजवादलाई आत्मसाथ गर्ने वताए । उनले मानिस वाच्नका लागि राजीतिक आश्रित नभइ जनतालाई उत्पादनसंग जोडेर लैजाने वताए ।