© २०२३
बुटवल, ३० जेठ ।
बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले नगरले गरेका राम्रा कामहरुको प्रचार हुन नसकेको बताएकी छन् । उनले नगरले दीर्घकालिन कामहरु धेरै गरे पनि प्रचार गरेर नगरबासी सम्म पु¥याउन नसक्नुले गरेका र भईरहेका कामका बारेमा नगरबासीलाई जानकारी नहँुदा काम नै नभएको हो कि भन्ने भ्रम सृजना भएको बताईन् ।
मंगलवार बुटवल उपमहानगरपालिकाले नगरले गरेका राम्रा कामबारे भएको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरले गरेका कामका बारेमा प्रचार गरेर सुझाव दिन आग्रह गरे । उनले नगरभित्र धेरै काम भएको भन्दै विभिन्न सञ्चार माध्यममा प्राथमिकताका साथ कामको प्रचार गरिदिन अनुरोध गरे ।
कार्यक्रममा बोल्दै सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले नगरमा धेरै काम भए पनि सञ्चारकर्मीसँग समन्यव हुन नसकेको भन्दै आगामी दिनमा सञ्चारिका समूहले नगर र सञ्चारकर्मी बीचमा पुलको काम गर्ने प्रतिवद्धता व्यतm गरिन् । कार्यक्रममा बुटवललाई कार्यक्षेत्र बनाएर काम गरिरहेका २५ जना पत्रकार महिलाको सहभागिता रहेको थियो ।