© २०२३
नवलपरासी, ११ जेठ ।
पश्चिम नवलपरासीको सुनवल १ सोमनाथ स्थित पूर्व—पश्चिम राजमार्ग अवरुद्ध भएको छ । विहान ११ बजेदेखि परेको अविरल बर्षासंगै अन्दाजी सवा २ बजेतिर खोलामा पानीको वहावले डाईभर्सन बगाएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम चल्ने सवारी साधनहरु बैकल्पिक मार्गबाट पठाइएको प्रहरीले जनाएको छ । राजमार्गको बाटो प्रयोग गरी चल्ने सवारी साधनहरुलाई प्रहरीले सुनवल चोकबाट परासी हुँदै भूमही चोक आवत जावत गराएको प्रहरीले जनाएको छ । पानीको बहाव नघटेसम्म डाईभर्सन बनाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए । खोलामा पानीको वहाव कम हुन अझै २ घण्टा लाग्ने बताइएको छ ।