ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

तुलसीपुर–१६ बालश्रम मुक्त वडा घोषणा

२७ बैशाख २०८०, बुधबार
२७ बैशाख २०८०, बुधबार

दाङ, २७ वैशाख ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । नगरप्रमुख टीकाराम खड्काले बालश्रम मुक्त वडा घोषणा गरेका हुन् । नगरप्रमुख खड्काले बाल शोषण, श्रम र हिंसा अपराध भएकाले सबैको सहयोग, सहकार्यबाट नै सभ्य समाज निर्माणका लागि बालमैत्री नगर घोषणाको तयारी अघि बढाइएको बताए ।

उनले सम्पूर्ण बालबालिकाहरुलाई विद्यालयसम्म पु¥याउने वातावरण तयार गरिने बताए । उपप्रमुख स्यानी चौधरीले शिक्षालाई अनिवार्य, निःशुल्क र सर्वसुलभ बनाउनका लागि सदैव तत्पर रहेको बताइन् । उनले बालबालिकाहरुको अधिकारलाई मध्यनजर गरेर काम अगाडि बढाएको बताइन् । सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले पालिकालाई नै बालमैत्री घोषणाको तयारी गरिएको बताइन् । बालबालिकाहरु श्रममा लागेको वा लगाएको कसैले देखेमा नगरपाकिामा खवर गर्न आग्रह गरिन् ।

बालमैत्री घोषणाका लागि ५१ सूचकमध्ये बालश्रम मुक्त एक सूचक रहेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा प्रारम्भिक सर्वेक्षणमा ३५ जना बालबालिकाहरु श्रममा रहेका थिए । तीमध्ये रहेकोमा ३० जना बालबालिकाहरुलाई तत्कालै परिवारमै पुनस्र्थापना गरिएको थियो । पाँच जना बालबालिकाका परिवारलाई आर्थिकरुपमा सबल बनाउनका लागि जीविकोपार्जनका कार्यमा संलग्न गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष शिवानन्द डाँगीले ती पाँच जना बालबालिकाहरुलाई अध्ययनका लागि आवश्यक सामग्री उपलब्ध गराएर विद्यालयमा भर्ना गरिएको बताए ।

तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १, २ ६ र १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, नेकपा एमाले प्रदेश कमिटी सदस्य गिरिराज केसी, मानव अधिकार तथा शान्ति समाज दाङका सभापति नवीनकुमार पोख्रेल, बालविज्ञ नवराज लामिछाने, नेपाली कांग्रेस वडा नम्बर १६ का इकाई सभापति लिलाधर वली लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा बालश्रम मुक्त वडा घोषणा गर्न सहयोग गर्ने सम्पूर्ण टोल विकास संस्था, विद्यालय, संघ संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?