ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली
स्थानीय सरकार

कालिमाटीमा ‘सुत्रमा राजस्व मोडल’

२० बैशाख २०८०, बुधबार
२० बैशाख २०८०, बुधबार

सल्यान, बैशाख ।
अनराइन राजस्व संकलनका लागि सल्यानको कालिमाटी गाउँपालिकाले सुत्रमा राजस्व मोडल सुरु गरेको छ । महालेखा परिक्षकको कार्यालयले सञ्चालन गरेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)मा राजस्व मोडल गाउँपालिकाले सुरु गरेको हो । कर्णाली प्रदेशमा यो मोडल अनुसार राजस्व संकलन गर्ने सम्भवतः आफुहरू पहिलो भएको गाउँपालिकाको दाबी छ ।यससंगै गाउँपालिकामा विुतीय माध्ययमबाट राजस्व संकलन सुरु भएको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए ।
राजस्व मोडल सञ्चालन गर्ने तरिकाको बारे सातवटै वडाका वडा सचिव, वडाका प्राविधिक, आन्तरिक लेखा परिक्षक शाखालाई तालिम पनि सञ्चालन गरिएको छ । सबै वडा र गाउँपालिकाबाट अनलाईन प्रणालीमा नै राजस्व संकलन हुने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन समेत सहज हुने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।
करदाताप्रति गाउँपालिका उत्तरदायी छ भन्ने कुरा अनुभूति गराउने गरी अनलाइन राजस्व सुरु गरिएको र यसले सुशासनमा टेवा पुर्याउने उनको विश्वास छ । अनलाइन भुक्तानीबाट करदाताको डाटाबेस तयार हुने र आउँदा वर्षहरूका लागि राजस्व अनुमानलाई वास्तविक बनाउने गाउँपालिकाका लेखा प्रमुख यकराल रानाले जनाए । भूमि कर, मालपोत कर, घर बहाल कर, व्यवसाय कर, सिफारिस दस्तुर, प्रशासकीक दस्तुर लगायत स्थानीय तहले उठाउने सबै किसिमको राजस्व विद्युतीय माध्यमबाट नै संकलन हुने उनको भनाइ छ ।
सोमबार गाउँपालिकामा वडा सचिव तथा प्राविधिक कर्मचारीहरूलाई सुत्र राजस्व मोडल बारे तालिम संगै उद्घाटन गरिएको थियो । कोलेनिका सल्यानका कोष नियन्त्रक कमलसिंह भण्डारी, गाउँपालिकाका लेखा प्रमुख यकराल राना, राजस्व शाखा प्रमुख प्रदिप कुमार खत्रीले प्रशिक्षण दिएका थिए ।आर्थिक प्रशासनमा पारदर्शिता भएमा पालिकाको श्रोत बढ्ने र प्रविधिमैत्री गाउँपालिकाका लागि आफूहरूको प्राथमिकता रहने गाउँपालिका अध्यक्ष केसीले बताए । उनले सबै करदातालाई समयमै कत तिरेर नागरिक कर्तव्य पुरा गर्न र कालिमाटीको समग्र विकासमा टेवा पुर्याउन आग्रह गरेका छन् । सुत्र राजस्व मोडल सञ्चालनले राजस्व व्यवस्थापन संगै वित्तीय प्रतिवेदन ढाँचामा एकरूपता, सेवा प्रवाहमा सहजता, खर्चमा बचत र वित्तीय अनुशासनमा सुधार हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%