ट्रेंडिंग:

>> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो
मुख्य खबर

प्रदेश सरकारको जनता आवासमा ‘कमसल सामग्री’

३० चैत्र २०७९, बिहीबार
३० चैत्र २०७९, बिहीबार

चन्द्रौटा (कपिलवस्तु), चैत ।- कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भइरहेको “जनता आवास निर्माण“मा कमसल सामग्री प्रयोग गरिएको पाइएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत निर्माण हुन लागेका जनता आवास निर्माणमा ईट्टा लगायतका सामग्री प्रयोग गरिएको स्थानीयले आरोप लगाएका छन् ।
गाउँपालिकाको वडा नम्बर–५, बघमरवा गाउँमा निर्माण हुन थालेका “जनता आवास निर्माण “कार्यमा थर्ड क्वालिटीको ईट्टा प्रयोग गरिएको स्थानीय लोकेश थापाले बताए । प्रदेश सरकारको योजनामा निर्माण हुन लागेको जनता आवासमा ठेकेदारले ईट्टा प्रयोगकालागि निर्माण स्थलमा झारिएको उनले जनाए । जानी–जानी कमसल ईट्टा झारिएको बताउँदै ठेकेदारकै लापरवाही रहेको इन्द्रजित चौधरीले गुनासो गरे । ठेकेदारले कमसल सामग्रीको प्रयोग गरि भ्रष्टाचारमा लिप्त हुने गरेको चौधरीले आरोप समेत लगाए ।
गाउँपालिकाभित्र निर्माण भइरहेको जनता आवासमा ईट्टा पु¥याउन जिम्मेवारी लिएका ठेकेदारले निर्माणका लागि कमसल सामग्री झारेको स्थानीयले बताउँछन् । वडा नम्बर ६ का जनता आवास निर्माण समितिका अध्यक्ष बदरु जमा नाउले ईट्टा खसाल्ने जिम्मेवारी लिएका व्यक्तिले राम्रो इट्टा खसाल्छु भन्दै झुक्याएर कमसल इट्टा झारेको बताए ।
आवास निर्माणका सब–ओभरशियर गोपाल क्षेत्रीले आवास निर्माणका सबै कार्यहरू गर्न रोकेको बताए । कमसल ईट्टा प्रयोग भएको सूचना पाएपछि निर्माण स्थल पुगी झारिएको उक्त गुणस्तरहीन सामग्री प्रयोग नगर्न र कामसमेत रोक्न घर निर्माण कामदारलाई जनाए । स्टीमेट अनुसार गुणस्तरीय सामग्री प्रयोग गर्ने बताउँदै निर्माणका लागि झारिएका ईट्टा फिर्ता गरि अर्काे ईट्टा झार्ने उनले बताए । प्रति आवास निर्माण श्रमदानसहित ३ लाख ८५ हजार बराबरको काम गरि घर धनीको नाममा भुक्तानी हुने उनको भनाई छ ।
यता ईट्टा झार्ने ठेक्का लिएका प्रहलाद खाँनले निर्माणका लागि कमसल इट्टा नझारिएको दाबी गरे । यदि कमसल भए ईट्टा फिर्ता लिने गुणस्तरीय ईट्टा झार्ने बताए । स्थानीय र आवास निर्माण समिति र सब–ओभरशियर लगायतको गुनासो आएपछि गुणस्तरीय ईट्टा झार्ने खाँनले जनाए ।स्टीमेटमा उल्लेख भए अनुसार इट्टाको प्रयोग गरिने बताउँदै उनले भने ः “स्टीमेट अनुसार नै इट्टाको प्रयोग गरिने हो, यदि कमसल ईट्टा छ भने प्रयोग गरिदैँन र प्राविधिकबाट अनुगमन समेत गराएर मात्र निर्माण कार्य सुरु गर्ने हो ।“
गाउँपालिकामा चालु आर्थिक वर्ष ३२ ओेटा जनता आवास निर्माण भइरहेका छन् । वडा नम्बर ५ मा ८ ओेटा, वडा नम्बर ६ मा ८ ओटा र वडा नम्बर ७ मा १० ओेटा जनता आवास निर्माण भइरहेका छन् । निर्माण भइरहेको सबैमा एकै किसिमको गुणस्तरहीन सामग्री प्रयोग भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%