© २०२३
बुटवल(बुटवल टुडे) चैत । भैरव बचत तथा ऋण सहकारी संस्था लि. बुटवल– ९ द्वारा सहकारी दिबसको अबसरमा आफ्ना शेयर सदस्य हरुलाई सहकारी सम्वन्धी आधारभूत शिक्षा तथा बित्तिय साक्षरता प्रशिक्षण कार्यक्रम गरेको छ ।
सो प्रशिक्षण कार्यक्रम नेपाल सरकारका उपसचिव तथा पूर्व डिभीजन सहकारी संस्थाका प्रमुख धुर्ब प्रसाद नेपालले प्रशिक्षण दिएका थिए । संस्थाका अध्यक्ष ढाकाराम न्यौपानले सदस्यहरुलाई शेयर तालिमबारेमा जानकारी दिन प्रशिक्षण कार्यक्रकम आयोजना गरिएको बताए । अध्यक्ष न्यौपाने ले यस किसीमका प्रशिक्षणले शेयर सदस्यहरूलाई सहकारी सम्बन्धी आफ्नो कार्यक्षमता लाइ अझ शुदृढ बनाउने बताउदै आगामी दिनहरूमा संस्थाका शेयर सदस्य हरु लाइ अझ थप सिपमूलक तालीम दिएर आत्मनिर्भरता बनाउने लक्ष्य रहेको बताए।
सो कार्यक्रम संस्थाका सचिव शर्मिला बास्तोला, शिक्षा तथा सामाजीक संयोजक रन्जु बेलबासे, संस्थाका संस्थापाक अध्यक्ष दिपक चापागाई, कानुनी सल्लाहकार यमलाल खनालले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।