ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
नयाँ गाउँमा सिटी क्याम्पस उद्घाटन

रुपन्देही शैक्षिक हव बन्छः पुर्व उप–प्रधानमन्त्री पौडेल

२३ चैत्र २०७९, बिहीबार
२३ चैत्र २०७९, बिहीबार

बुटवल, चैत ।- लुम्बिनी बौद्ध विश्व विद्यालय अन्र्तगतका पहिलो विस्तारित क्याम्पस ‘लुम्बिनी सिटी क्याम्पस’ बुटवल–१२ नयाँ गाउँमा शुभारम्भ गरिएको छ ।
बुद्धिजमका विविध विषयमा पढाई हुदै आएको यो क्याम्पसको औपचारिक रुपमा सोमबार बुधबार गरिएको हो ।
एक कार्यक्रमका विच नेपाल सरकारका पुर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिटी क्याम्पसको शिलालेख अनावरण गरि उद्घाटन गरेका हुन ।


कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बुटवलाई शैक्षिक हवको रुपमा विकास गर्न कसैको तागतले नरोक्ने बताएका छन् ।
आर्थिक हवको रुपमा रहेको रुपन्देहीलाई शैक्षिक हवको रुपमा विकास गर्ने गरी योजनाबद्ध विकास गरिरहेको बताए ।
उनले लुम्बिनी बौद्ध विश्व विद्यालयको लागि आफुले लामो समय देखि नै पहल गर्दै आएको बताएका थिए । काठमाडौंमा केन्द्रीय कार्यालय राखेर चलिरहेको विश्वविद्यालय रुपन्देहीमा स्थापना गरेर छाटो समयमा राम्रो प्रगति गरेको बताए ।
लुम्बिनी विश्व विद्यालयललाई राज्यले निरन्तर सहयोग गर्नुपर्ने भन्दै यसको जिम्मा सरकारले लिएर सबै प्रक्रिया अगाडी बढाउनको लागि आग्रह समेत गरे । उनले राज्य संयन्त्रले बौद्ध शिक्षाको लागि लगानी गर्नुको विकल्प नभएको बताए बताए ।

विकासका दृष्टिकोणले रुपन्देहीलाई देशकै नमुना जिल्लाको रुपमा विकास गर्न सफल भएको बताउँदै उनले शिक्षा क्षेत्रमा पनि रुपन्देही देशमा नै अग्रणी जिल्लाको रुपमा आएको बताए । जनताको साथ, सर्मथनबाट रुपन्देही एउटा नमुना जिल्लाको रुपमा देशमा मात्रै नभएर विदेशमा पनि पहिचान बनाउन सफल हुने बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालय संगको सहकार्यलाई विटीआईलाई ईन्जीनियरिङ्ग कलेजको रुपमा विकास गर्ने गरी काम अगाडी बढाउनको लागि आफुले सक्दो सहयोगगर्ने बताए । बुटवल उपमहानगरपालिकाले समेत यो विषयमा चासो देखाएको भन्दै उनले सबैको साथ र सहयोगले त्यो कामले सार्थक पाउने बताए ।
विटीआईलाई एउटा आंगिक ईन्जीनियरिङ्ग कलेजको रुपमा विकास गर्नेगरी काम अगाडी बढाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बौद्ध शिक्षा, दर्शनको महत्व पछिल्लो समयमा बढ्दै गएको भन्दै लुम्बिनी बौद्ध विश्व विद्यालयका आंगिक क्याम्पसहरु देशैभरी नै विस्तार हुनुपर्ने बताएका थिए । उनले प्रदेश सरकारले यसको लागि सहयोगन गर्न तयार रहेको बताए ।
पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुर्दशन बरालले लुम्बिनी बौद्ध विश्व विद्यालयको सिटी क्याम्पस स्थापनको लागि आफूमन्त्री हुँदा ठुलो पहलगरेको बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले लुम्बिनी बौद्ध विश्व विद्यालयको योजना अब,सबै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गरी काम अगाडी बढाउने बताएका थिए । उनले अहिले विश्व विद्यालयमा बौद्ध, दर्शन, शिक्षा सहित पर्यटन, व्यवस्थापन र कानून विषयमा समेत अध्यापन भैरहेको जानकारी दिदै स्थापनाको लामो समय पछि लुम्बिनीमा नै केन्द्रीय कार्यालय स्थापना गरी काम गर्न सफल भएको बताए । उनले केन्द्रीय क्याम्पस लुम्बिनीमा सञ्चालन गरेपश्चात विद्यार्थीहरुको चाँप क्याम्पसमा बढ्दै गएको समेत बताएका थिए ।


५ करोड २० लाख ५० हजार लागत २ तले शैक्षिक भवन निर्माण गरिएको हो । कार्यक्रममा नयाँगाउँ माध्यमिक विद्यालयका अध्यक्ष पुरुषोत्तम बस्याल, प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, प्रध्यापक संघका पूर्व अध्यक्ष बल बहादुर पाण्डे, सिटी क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्रकुमार न्यौपाने लगायतले बोलेका थिए । सिटी क्याम्पसका लागि ५ करोड २० लाख ५० हजार लागतमा २ तले शैक्षिक भवन निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?