ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
फ्रन्टपेज

शंकास्पद मृत्युमा प्रहरीमाथि परिवारको प्रश्न

५ जना छोरी र १ छोरा रहेका राना परिवारमा मृतककी आमा पनि अहिले छोराको यादमा भक्कानी रहन्छिन् घटना भएको स्थानदेखि श्रवणपथ प्रहरी चौकी केही मिटरको दुरीमा मात्रै छ । श्रीमान् पुलबाट लडेर मृत्यु भएकोनभई नियोजितरुपमा ‘हत्या’ गरिएको श्रीमती अम्बी रानाको भनाई छ । घटना भएको लामो समयसम्मपनि सत्य–तथ्य बाहिर ल्याउन प्रहरीले आनाकानी गरेको उनको गुनासो छ ।
१७ चैत्र २०७९, शुक्रबार
१७ चैत्र २०७९, शुक्रबार

बुटवल चैत – गुल्मी जिल्लाको मुसिकोट गाउँपालिका वडा नम्बर–७ बसेरीबाट रूपन्देही झरेको धेरै समय भएको थिएन । गाउँमा उब्जाउ कम हुने छोराछोरीहरू बढि भएको कारण राम बहादुर राना ७ बर्षदेखि रूपन्देहीमा छन् । अघिल्लो पटकको कोरोना कहरका बेला उनले बुटवल ट्राफिकचौक नजिकै पुरानो फिलिमलाइनमा एउटा रेष्टुरेन्ट किने । परिवारमा ६ जना छोराछोरी श्रीमती अम्बी राना पनि पटक पटक बिरामी हुन्थिन् ।

गत फागुन महिनाको २४ गते राती ‘जोजो रेष्टुरेन्ट’ बन्द गरेर कोठा भाडामा लिएर बस्दैे आएको बुटवल–७ दीपनगरमा जाने क्रममा चाँदबारी चोक नजिकै रहेको फलामको पुल नजिकै उनको संकास्पद निधन भयो । रेष्टुरेन्ट बन्द गरेर एक जना मान्छेसँगै उनी गएको सिसिटीभी फुटेजमा देखिएको प्रमाण उनका छोरा सुरज रानाले राखेका छन् । घटना गत फागुन २४ गते राती भएपनि उनको परिवारले अर्को दिन बिहान मात्रै थाहा पाएको हो । रातिपनि श्रीमान घरमा नआएपछि खोज्न जाँदा अर्को दिन श्रीमती अम्बी रानाले पुल मुनी श्रीमान्को शव भेटाएकी थिईन । घटना भएको स्थानदेखि श्रवणपथ प्रहरी चौकी केही मिटरको दुरीमा मात्रै छ । श्रीमान् पुलबाट लडेर मृत्यु भएको नभई नियोजित रूपमा ‘हत्या’ गरिएको श्रीमती अम्बी रानाको दाबी छ ।

घटना भएको लामो समयसम्म पनि सत्य तथ्य बाहिर ल्याउन प्रहरीले आनाकानी गरेको पीडित रानाले बताउँछिन् । स्पष्टरूपमा सिसीटिभी फुटेजमा अर्को व्यक्तिले लगेको देखिएको भन्दै उनले आफूले उचित न्याय नपाएको बताउँछिन् । ‘घरको मुली मान्छे ढल्यो, ६ जना छोराछोरी छन्, म एक आफै विरामी मान्छे हो, कसरी बाँच्नु, मलाई न्याय चाहियो ।’–सञ्चारकर्मीसंगको कुराकानीमा अम्बीले भनिन् । ५ वटा छोरी र १ छोरा रहेका राना परिवारमा मृतककी आमा पनि अहिले छोराको यादमा भक्कानी रहन्छिन् । अहिले सम्म उनीहरू पटक –पटक ईलाका प्रहरी कार्यालय बुटवलमा गएका छन् । प्रहरीबाट रिपोर्ट नआएको भन्दै छानविन गर्न नसकिएको जवाफ आएको छोरा सुरज राना बताउँछन् । आफ्ना बुबा पुलबाट लडेर मृत्यु भएको नभई नियोजित रूपमा हत्या गरिएकाले उचित न्यायको आशामा रहेको छोरा रानाको भनाइ रहेको छ । परिवारमा आम्दानी गर्ने मुख्य व्यक्तिको नै निधन भएपछि अहिले उनीहरू सिसीटिभी क्यामेराको फुटेज बोकेर न्यायको लागि भौतारिरहेका छन् ।

चिकित्सकले शव पोष्टमार्टम गर्ने बेलामा पछाडिबाट टाउकोमा केही दरिलो बस्तुले हानेको देखिएको बताएको दाबी गर्दै छोरा सुरज रानाले त्यति सानो पुलबाट खसेर कोही पनि व्यक्तिको निधन नहुने दाबी गर्दै आएका छन । सोही दिन साँझ ५ बजे सम्म आफ्ना बाबु संग रेष्टुरेन्टमा काम गरेको बताउँदै उनले उचित न्यायमा पर्खीएको बताए । बुबा घर आउँदा ३ किलो मासु, करिब १५ हजार जति नगद रूपैयाँसमेत लिएर आएको उनको दाबी छ ।

अर्को दिन उनको शव भेटिँदा नगद र अन्य सामान सबै गायव भएका थिए भने दुई थान मोबाईल रहेकोमा एक थान मोबाईल पुलमा र अर्को शव नजिकै रहेको बताइएको छ ।्होटलमा आउने खाने र पैसा नतिर्ने केही समूह नै रहेको दाबी गर्दै उनीहरूले सोही समूहले आर्थिक लोभको कारण हत्या गरेको दाबी परिवारको छ । करिब साढे ४ लाख रूपैयाँमा रेष्टुरेन्ट किनेर रानाले चलाउँदै आएका थिए । उनको मृत्युपछि घरवेटीले भाडा बापत ४६ हजार रूपैयाँ पाउनुपर्ने भन्दै रेष्टुरेन्टको ताला चावी आफैसँग राखेका छन् ।

यता किरिया खर्च समेत नभएको कारण राना परिवारलाई स्थानीय टोल विकास संस्थाले मिलेर ३० हजार रूपैयाँ सहयोग गरेका थिए । परिवारमा आम्दानीको स्र्रोत नभएको कारण ८ जनाको परिवार अहिले विचल्लीमा छन । ५ वटा छोरी, १ छोरा, आमा र श्रीमती मासि ७ हजार भाडा तिर्ने गरी बुटवल पुरानो लाईसेन्स अफि अगाडी बस्दै आएका छन् । सबै छोराछोरीहरू विद्यालयमा पढ्दै आएका छन् । आम्दानीकोस्रोत गुमेपछि अव उनीहरूको पढाईसमेत रोकीने चिन्ता परिवारले गर्न थालेको छ ।

यता, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक प्रकाश खत्रीले मृत्युको विषयको आवश्यक छानविन अहिले जारी रहेको भन्दै अहिले नै खास के हो भन्ने विषयमा भन्न नमिल्ने बताउँछन् । यो विषयमा वडा प्रहरी कार्यालयको समेत सहभागीतमा सुक्ष्मरूपमा अनुसन्धान जारी रहेको जानकारी दिदै उनले काठमाण्डौ पठाइएको नमूनाको रिर्पोट नआईसकेको कारण पनि अहिले नै यसै यो कारणले मृत्यु भएको भन्न नमिल्ने बताए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘पोष्टमार्टम रिर्पोट, अन्य सबै रिर्पोट आएपछि मात्रै हामी यो कारणले हो भन्न सक्छौ, अहिले पनि हामी अनुसन्धान मै छौ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission