ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार
मुख्य खबर

बसपार्कमा ठेकेदारको लुट, उप-महानगर रमिते !

१३ चैत्र २०७९, सोमबार
१३ चैत्र २०७९, सोमबार

बुटवल,  चैत – बुटवलको बस पार्क(टर्मिनल) ठेक्का लिएको ठेकेदार कम्पनीले मुख्य राजमार्गमा नै बसेर अवैध रकम अशुल्ने गरेको पाइएको छ । लुम्बिनी बस टर्मिनल प्रयोग गर्ने सवारीसाधनलाई मात्र शुल्क लिनुपर्ने प्रावधानलाई लत्याउँदै ठेकेदार कम्पनीले राजमार्गमा रोकीराखेका सवारी साधनबाट समेत रकम उठाइरहेको हो ।
यसरी खुलेयाम रुपमा नियमविपरित रकम लिर्इंरहदा स्थानीय सरकारको रुपमा रहेको बुटवल उप–महानगरपालिकाको ध्यान पुगेको छैन । बुटवल उप–महानगरपालिकाले बसपार्क प्रयोग गर्ने र पार्कीङ्ग गर्ने सवारीसाधनलाई मात्र शुल्क लिनेगरी ठेकेदारसँग सम्झौता भएको गरेको थियो ।

तर ठेकेदार कम्पनीले रातको समयमा पुर्व–पश्चिम चल्ने यातायातको साधन (बस)लाई राजमार्गनै रोकेर अबैध रकम अशुल्दै आएको हो । जुन कार्य नगरपालिकासँग भएको सम्झाैता विपरित हो । बस टर्मिनल प्रयोग नगर्ने राजमार्गमा गुड्ने सवारीसाधनलाई पैसा उठाउन नपाउने यसोगरेको भए सम्झौता विपरित भएको उप–महानगरले जनाउँदै आएको छ । तर नगरपालिकाको नियम लत्याउदै ठेकेदार कम्पनीले रकम असुली गरिरहेको हो ।

बुटवल उप–महानगरपालिकाले २ बर्षका लागि २०७९ असोज देखी ०८०/०८१ असार मसान्त सम्म गणेश एण्ड सन्स कन्सट्रक्सन बुटवल १३ लाई ठेक्का सम्झौता गरेको थियो ।
२ करोड ९१ लाख ५४ हजार भ्याट सहित सञ्चालक नारायण श्रीसले ठेक्का लिएका छन् ।
उपमहानगरपालिकाले बसपार्क बाहेक अन्यठाउँमा बसेर रकम उठाउन नपाउने स्पष्ट नियम रहेको भएपनि ठेकेदार कम्पनीले भने मुख्यराजमार्गमै बसेर जवरजस्ती रकम उठाउँदै आएको सवारीधनीहरुको गुनासो रहेको छ ।
लामो दुरीमा सन्चालित धेरै बसहरुले बुटवलको बसपार्क प्रयोग गर्दैन्न, तर बाहिर सडकमा यात्रु ओराल्ने र चढाउने गरेबापत ठेकेदार कम्पनीले प्रतिगाडी १५ रुपैयाँ अनिवार्य नै गराएको छ ।
रातीमा पैसा उठाउन बसेका ठेकेदार कम्पनीका कर्मचारीलाई किन रकम लिएको भन्ने प्रश्नमा नगरपालिकाबाट भएको सम्झौता अनुसार नै रकम लिन पाउने गरेको दावी गर्दछन् ।

ठेकेदारले दादागिरी शैलीमा पैसा असुलेको देख्दा समेत नजिकै रहेको प्रहरी चौकीका प्रहरीले समेत व्यवस्ता गर्दै आएको पिडितको गुनासो छ ।
बुटवल उपमहानगरापलिका प्राकृतिक स्रोत तथा सम्पत्ती व्यवस्थापन शाखा प्रमुख रामप्रसाद अर्यालले ठेकेदार कम्पनीले नगरसँग गरेको सम्झौता भन्दा बाहिर जान नपाउने बताउँछन् ।उनि भन्छन्–‘‘ सम्झौता भन्दा बाहिर जाने अधिकार कसैलाई छैन, नियम भन्दा बाहिर जान पईदैन ।’’
बुटवल उपमहानगरपालिकाले केही बस काउटरलाई टर्मिनल भित्र लैजान नसकेका कारण ठेकेदारले सम्बधित काउटरमा गएर पैसा उठाउन पाउने भएपनि नाकामा बसेर ढाट राखेजस्तै गरी पैसा लिन नपाउने अधिकृत अर्याल को भनाई छ ।
पश्चिम नेपाल बस ब्यवसायी प्रा(लि)का अध्यक्ष दधिराम खरेल ले बसपार्क को शुल्क धेरै भएको बताउँछन् । यातायात क्षेत्र अफ्ठारो अवस्थामा रहेको बेला बसपार्क प्रयोग गरेको शुल्क केहि समायोजन हुनुपर्नेमा अझ थप सडकमा नै रकम अशुल्ने काम भएको उनको भनाई छ ।
सेवा लिएवापत शुल्क दिने हो, तर सेवा नै प्रयोग नगरी सार्वजनिक सडक प्रयोग गर्दा शुल्क असुल्ने काम कानून विवपरित रहेको अध्यक्ष खरेलको भनाई छ ।

यता, बुटवल उप–महानगरपालिकाका प्रवक्ता शिव रानाले नगरपालिकामा भएको सम्झौता भन्दा बाहिरगएर रकम उठाउने ठेकेदारलाई काबाही हुने बताउँछन् । केहीदिन अगाडी ठेकेदारलाई बोलाएर सम्झौता भन्दा बाहि गए करबाही हुने जानकारी समेत गराएको उनको भनाई रहेको छ । उता लुम्बिनी बस टर्मिनलको ठेक्का लिएको ठेकेदार कम्पनी गणेश कन्स्ट्रक्सनका सञ्चालक नारायण श्रीसले आफुले नियम भन्दा बाहिर रकम नलिएको दावि गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?