ट्रेंडिंग:

>> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
मुख्य खबर

नगरपालिकाको जोड बल: फ्युज सेवा कार्यालय भत्काएर मिलन केन्द्र

१० चैत्र २०७९, शुक्रबार
१० चैत्र २०७९, शुक्रबार

चन्द्रौटा(कपिलवस्तु),  चैत ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले विधुत फ्यूज सेवाको कार्यालय भवन भत्काएर मिलन केन्द्र निर्माण कार्य सुरु गरेको छ । सरकारको नाममा रहेको जग्गा भोगचलन गर्न भनी विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरलाई दिइएको छ । विद्युत प्राधिकरणले भोगचलन गर्दै आएको जग्गामा निर्माण गरिएको फ्यूज सेवा कार्यालय भवनमा जेसीबी लगाएर नगरपालिकाले भत्काएको छ ।
नगरपालिकाले जानकारी बिना जबरजस्ती विद्युतको भवन भत्काएर बाँकी केही जग्गा समेत कब्जा गरेर मिलन केन्द्र निर्माण कार्यमा जुटेको विद्युत कार्यालयले जनाएको छ । नगरपालिकाको वडा नम्बर ९ बहादुरगञ्ज (साविक गाविस बहादुरगञ्ज वडा नम्बर ३) मा रहेको विद्युत फ्यूज सेवा कार्यालयको भवन भत्काइएको जनाइएको छ ।
सरकारले २०५३ सालमा विद्युत प्राधिकरणलाई उक्त जग्गा उपलब्ध गराएको थियोे । विद्युत प्राधिकरणले भोगचलन गर्दै जग्गा नगरपालिकाले प्रयोग गर्न नपाउने दाबी गरेको छ । निर्माण भइरहेको मिलन केन्द्रलाई रोक्नुपर्ने भन्दै विद्युत प्राधिकरणले सम्बन्धित निकायमा पत्रचारसमेत गरेको छ ।
कित्ता नम्बर १५१ र १५२ को १२ कठ्ठा १० धुर जग्गा विद्युत प्राधिकरण वितरण केन्द्रलाई प्राप्त भएको विद्युत प्राधिकरण कार्यालय कृष्णनगरका प्रमुख सुशिल पौडेलले बताए । सरकारले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरलाई जग्गा उपलब्ध गराएको उनले जनाए । प्रमुख पौडेलले भने ः “विगतमा शाह परिवारले गरेको योगदानलाई स्मरण गर्दै समन्वय कारी भूमिका खेल्नुको सातो यस्तो घटना हुनु दुःखद हो ।“
नगरले भवन भत्काएपछि सेवाग्राहीहरुलाई सास्ती खेप्नु परेको छ । नगरले भवनको केही भाग भत्काएपछि विद्युत कर्मचारीले कोठाभित्र बस्न समेत डराउनुपर्ने अवस्था आएको छ । जेसीबीले भवन भत्काउँदा भित्ता र छत समेत चर्किएको देखिन्छ । यसरी भवन चर्किएपछि कोठाभित्र बस्न कर्मचारीहरुले डर लागिरहेको एक कर्मचारीले बताए । उनले कार्यालयमा भएका सम्पूर्ण समानहरु तितरबितर भएको बताउँदै कार्य सम्पादनमा समेत समस्या सिर्जना भएको उनको भनाइ छ । प्रमुख पौडेलका अनुसार यस क्षेत्रका आम नागरिकलाई प्रदान गर्दै आएको फ्यूज सेवा कार्यालय नहुँदा सेवाग्राही मारमा परेका छन् ।
यता कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले स्थानीय सरकारको अधिनमा पर्ने भएकोले नगरले उक्त स्थानमा केन्द्र निर्माण गरिरहेको दाबी गरेका छन् । चित्त नबुझे विद्युत प्राधिकरणले सम्बन्धित निकायमा गएर आवश्यक पहल गरेर बुझ्न सक्ने बताए । नगरकै हक अधिकारभित्र उक्त जग्गा पर्ने हुँदा नगरले प्रयोग गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?