ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो
मुख्य खबर

रात्रीकालिन क्लबमा लडाभातीः कोही उपचार गर्दै, कोही मुद्दा खेप्दै

मनोरञ्जनका लागि खोलिएका रात्रीकालिन क्लबमा सुरक्षा नहुँदा यूवाहरु रिस साध्ने र कुटाकुट गर्ने थलोको रुपमा लिइरहेका छन् ।
९ चैत्र २०७९, बिहीबार
९ चैत्र २०७९, बिहीबार

बुटवल, चैत- ‘सुरक्षाको राम्रो प्रबन्ध नभई रात्रीकालिन होटेल सञ्चालन गर्दा त्यहाँको जनताले १५ देखि २५ वर्षको युवायुवतीहरु ठूलो आवाजको बाईकको दौडभागले राती निदाउन नपाएको र चक्कु छुरी सहितको लडाई दिनहुं देख्न परेको छ । तर होटेल तथा रेष्टुरेन्ट व्यवसायीले आफ्नो व्यवसाय नचलेको भनाई छ । केही होटेलको लागि मात्र लक्षित गरि रात्रीकालिन होटेल चल्न दिन नहुने स्थानियको भनाई छ ।’ यो केही दिन पहिले बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा लेखेको सन्देश थियो ।

पछिल्लोसमय बुटवलमा खुलेका रात्रीकालिन पबहरु युवा मुठभेडको थलो बनेको छ । दैनिकजसो घटना हुन लागेपछि वडाअध्यक्षले यस्तो स्टाटस राखेका हुन । बुटवल वडा नं. ९ र ११ मा पर्ने कालिकापथ सडक बसपार्क देखि होराईजन चोकसम्म पुष १८ गतेबाट रात्रीकालिन बजार सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाले अनुमति दिएको थियो । राती ११ बजेसम्म बजार सञ्चालन गर्न दिईने र बजारमा आउने ग्राहकलाई निःशुल्क शौचालय, पार्किङ राम्रो ब्यवस्थापन ब्यवसायीबाट हुनुपर्ने नगरप्रमुख पाण्डेले होटल ब्यवसायीको अन्तरक्रिया कार्यक्रममा बताएका थिए । कोभिडका कारण प्रभावित भएको बजारलाई उकास्न थोरै भएपनि सहयोग हुने रुपमा रात्रीकालिन बजार चलाउने निणर्य भएको थियो । यो निर्णय कार्यान्वनमा भने चुनौतीहरु देखिएको छ ।

लकडाउनको बेला दुई वर्षअघि सुनिल ओली द कन्सेप्ट पवमा साथीहरुसंग गए । नयाँ वर्षको रमाइलोकै क्रममा ओलीको एक समुहसंगै सामान्य भनाभन भयो । सो समुहले उनलाई केही दिनपछि आई.सि.आई पथमा आक्रमण गरे । राती करीब साढे आठ बजेको समयमा राती उनलाई देब्रे हात, खुटामा धारियो हतियार र सकर पाईपबाट गम्भिर चोट लाग्यो । सागर पुन उर्फ नागा डन सहित आठ जनाले उनलाई प्रहार गरे । एक हप्तासम्म अस्पतालमा उपचार गराएका उनको हातमा रड राखिएको छ । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै मिति २०७७ बैशाख २८ गते इलाका प्रहरी कार्यालयमा नाम किटानी जाहेरी दिए । लामोसमय प्रहरीबाट कुनै कारवाही नभएपछि अदालतमा समेत उनले मुद्दा दर्ता गरे । अदालतले कोरोना संक्रमणको समयका कारण थुनछेकको मुद्दा चलाएको थियो । कोभिड संक्रमण देखाएर आरोपीलाई छोड्न नमिल्ने अभिवक्ता ओम पंगेनीले बताए । फरार अभियुक्तलाई पक्रेर तत्काल कारवाहीको दायरमा ल्याउनेतर्फ प्रहरी प्रशासन लाग्नुपर्ने उनको तर्क छ । प्रतिवादीहरुले भित्रबाट मुद्दा कमजोर बनाउने चलखेल भएको हुन सक्ने उनले बताए ।

माघको पहिलो हप्ता द कन्सेप्ट पबमा रमाईलो गर्न जादा दुई युवाहरुको मुठभेडमा सुख्खानगरका एक युवा गम्भिर घाईते भए । एक समुहको खुकुरी प्रहारबाट उनको टाउको माथिल्लो भागमा गहिरो चोट लाग्यो । करीब २० वटा टाका लगाईएको उनको चोट एक महिना अस्पतालको उपचारपछि निको भयो । उनि घटना प्रहरीमा दर्ता गराएनन् ।

बुटवलको ठमेल भनिने कालिकानगरमा सधैजसो शुक्रबार पनि युवाहरु जमघट बाक्लिदै थियो । लर्ड बुटवलमा राष्ट्रिय कलाकारको प्रस्तुती हेर्न टिकट लिएर रमाइलो गर्नेहरु टाढाटाढाबाट आएका थिए । यसैमध्येका थिए, बेल्वासका सन्दिप थापा र उनका साथीहरु । मध्येरातमा मद्यपान र धुम्रपान गर्दै रमाईलो गर्ने युवाहरुको भिड शुरु भयो । कलाकारहरुको प्रस्तुतीसंगै नाचगान चल्यो । रमाईलो गरे । त्यही भिडमा दुई युवाहरुको भनाभन भयो । साढे १२ बजे क्लबबाट निस्कने बेला सोही भिडमा विवाद गरेका सन्दिप र अभिषेक कार्कीलाई एउटा समुहले हतियारसहित आक्रमण गरे । होटल डालियामा लुकाएर राखेको हतियार झिकेर एक्कासी अभिषेक माथि आक्रमण गर्न लागेपनि बचाउन पुगेका अभिषेक समेत घाईते भए । उनको हातमा गम्भिर चोट लाग्यो । ‘साथीलाई हतियारले हानेको बचाउन जादा आफैमाथि प्रहार भयो ।’–उनले भने । देब्रेहातको औला छिन्ने अवस्थामा अस्पताल प्राथमिक उपचार गराएर सन्दिप अहिले हेम्स अस्पताल काठमाण्डौ पुगेका छन ।

यता अर्का घाईते अभिषेकको भने भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको पाखुरामा खुकुरीको चोट लागेको छ । घटनापछि ईलाका प्रहरी कार्यालयमा उजुरी दिन गएका पिडितका परिवार र आफन्तहरु भने अचम्ममा परे । जब प्रहरीले उजुरी लिन अस्वीकार गरे । घटनामा दोषी एक जनाको नाम हटाउन प्रहरीले दबाब दिएको उनले बताए । जो पटकपटक घटनामा संलग्न छ उसैको पक्षमा प्रहरी संरक्षणमा लागेको उनले दुखेसो गरे । यस्तै प्रकृतिको घटनामा यसअघिसमेत त्यो ब्यक्तिको संलग्नता देखिएको छ ।

तिलोत्तमा नगरका युवाहरु पनि घटनापछि जिल्लामा उजुरी गराएका छन । बुटवलमा रहेका रात्रीकालिन लर्ड बुटवल नाइट एण्ड डान्स बार क्लब, द कन्सेप्ट पब, हिमचुली रोधी साझ, मिरमिरे दोहरी साझ जस्ता मुख्य ठुला रात्रीकालिन सेवा दिने रेष्टुरेन्टहरु छन । जहा विभिन्न कलाकारहरु आउने गर्दछन ।

लगानी, पुर्वाधारका हिसाबले सरकारबाट निश्चित मापदण्ड पुरा गरेका क्लबहरु राती १ बजेसम्म खोल्न पाउने जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएका छन । मापदण्ड र स्वीकृति लिएका क्लबहरु भने दैनिकजसो युवाहरुको लफडा हुने अडाका रुपमा विकास भएको छ । बुटवलको नाईट क्लबहरुको सुरक्षाको नाममा केही युवाहरु मासिक उठाउने समेत गरेको नाम नबताउने सर्तमा ब्यवसायीको दुखेसो छ । एकातिर कोरोना कहरबाट भर्खर उठ्न लागेको रेष्टुरेन्ट ब्यवसाय दैनिकजसो हुने मुठभेडलाई रोक्नतर्फ सरोकारवालाहरुले चासो दिनुपर्ने उनिहरु बताउछन ।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका निवर्तमान अध्यक्ष तथा उपभोक्ता हित संरक्षण मंच नेपाल बुटवलका उपाध्यक्ष समुन्द्र जिसी भने जिल्ला प्रशासन कार्यालय जिल्ला सुरक्षा समितिको संयोजक जिल्ला प्रशासन कार्यालयको प्रमुख हुने ब्यवस्था छ । जिल्ला सुरक्षा समितिको बैठकले द्धन्द्धकालिन समयमा रात्रीकालिन बजार असुरक्षित भएको भन्दै १० बजे बन्द गर्नुपर्ने तत्कालिन समयमा निर्णय गरिएको उनले बताए । जिल्ला सुरक्षा समितिमा स्थानिय पालिकाका प्रमुखहरु रहने कुनै प्रावधान छैन । कर्मचारीहरु मात्र यसमा छन । जिल्ला प्रशासन प्रमुख, शसस्त्र प्रहरी, जनपथ प्रहरी, राष्ट्रिय अनुसन्धान बोर्ड सदस्य रहेका छन । कतिपय पालिका प्रमुख रात्रीकालिन बजार ११ बजेसम्म खोल्ने भने पनि त्यो केवल घोषणामा सिमित भएको उनले दुखेसो गरे । ‘कार्यान्वनमा कठिनाई छ ।’– उनले भने ।

कोभिडको समयमा जिल्ला प्रशासन कार्यालयबाट पासको ब्यवस्था गर्ने गरि स्थानीय सुरक्षा ऐन जिल्ला प्रशासन गर्ने प्रावधान रहेको छ । स्थानीय पालिकाको भुमिका दिईएको छैन । अर्कोतर्फ रात्रीकालीन बजारमा हिड्ने प्रहरीको मोबाईल टोली पहिलेभन्दा कमजोर देखिएको उनले बताए । जनशक्ति कम छ । अझ कतिपय पब र नाईट क्लबमा सुरक्षामा राखिएको बाउन्सरहरु तालिम प्राप्त र अनुशासित नहुँदा उनिहरुबाट नै अनावश्यक बलप्रयोग गरिदा बिबाद उत्पन्न हुने गरेको उनले बताए । दोहरी घर वा पबमा जादा बाहिरबाट नै मादक पदार्थ सेवन गरेर आउँदा कस्तो ब्यवहार गर्ने, प्रवेशमा रोक लगाउने वा नलगाउने जस्ता विषयमा पनि अन्यौलता छ । यसले गर्दा घटनाहरु घट्ने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?