© २०२३
बुटवल(बुटवल टुडे) चैत– प्याडलेक्स गल्ड ह्वील्स अन्र्तगत बुटवलमा कार्यक्रम गरिएको छ । महिला शशक्तीकरणको लागि दुई पांग्रे सवारी साधान चलाउनेमहिलाहरुको सहभागीतामा यो कार्यक्रम गरिएको हो । राउन्ड टेवल नेपालका अध्यक्ष राहुल अग्रवालले महिला शशक्तीकरणको सन्देश फैल्याउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा बुटवल टाईर्गस राउन्ड टेवल २८ का अध्यक्ष उमेश अमात्यले बोल्दै महिलाहरु पनि समाजमा उदाहरणीय कार्य गर्न सफल भएको बताएका थिए । संयोजक सुमित वझाले पहिलोपटक महिलाहरुको लागि ‘गल्स अन ह्वील्स ’ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
जसमा उत्साहजनक रुपमा महिलाहरुको सहभागीता रहेको थियो । ट्रेजर हन्टको रुपमा कार्यक्रम आयोजना भएको प्रतियोगिता बुटवलका विभिन्न ८ स्थानमा विभिन्न खेलहरु खेल्दै अन्मि विन्दुमा पुग्ने उत्कृष्ट ३ सहित सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई आर्कषक पुरस्कार समेत प्रदान गरिएको छ । कुल १ सय ६ जना महिला सहभागीता रहेको प्रतियोगीतामा सर्मिला श्रेष्ठ र प्रतिक्षा श्रेष्ठको जोडी प्रथम भएका छन् । यस्तै द्धितिय स्थान पवित्रा राना र हेमा थापाले प्राप्त गरेका छन् । यस्तै तृतिय स्थानमा मीना खाम्चा र प्रजिता खाम्चा भएका थिए ।उनीहरुलाई आर्कषक पुरस्कार समेत प्रदान गरिएको थियो ।