ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य खबर

लुम्बिनी प्रदेशमा व्यवसायिक शिक्षा र तालिम ‘क्वालिटी’ परियोजना

४ चैत्र २०७९, शनिबार
४ चैत्र २०७९, शनिबार

बुटवल चैत – लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले युवाहरूको लागि गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम ‘क्वालिटी’ परियोजना सुरू गरेको छ । स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षेत्रमा भएका कमी कमजोरीलाई सुधार गरेर युवाहरूलाई गुणस्तरीय प्राविधिक शिक्षाको पहुँच पु¥याउन कार्यक्रम सुरू गरेको हो । परियोजनाको विषयमा मन्त्रालयले शुक्रबार विभिन्न पालिकाका प्रमुख÷उपप्रमुखहरू र सरोकारवाला पक्षसँग लुम्बिनीमा प्रादेशिक अभिमुखीकरण कार्यशाला गरेको छ ।

सो अवसरमा बोल्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम प्ररिषद लुम्बिनी प्रदेशका प्रमुख निर्देशक गोपाल आचार्यले प्राविधिक क्षेत्रमा जनशक्तिको ठूलो अभाव रहेकोले त्यसलाई छिट्टो पूर्ति गर्नुपर्नेमा जोड दिए । आचार्यले दरबन्दी अनुसार कर्मचारी नहुँदा समयमै नतिजा र तालीमहरु सञ्चालनमा कठिनाई भएको बताए ।
मन्त्रालयका अधिकृत तथा महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले प्राविधिक तथा व्यवसायिक शिक्षा एंव तालीम (सिटिइभिटी) लागू भएका शिक्षालय र विद्यालयमा कार्यक्रम सञ्चालन हुने बताए । ‘यो कार्यक्रम प्राविधिक शिक्षामा धेरै सुधार ल्याउनेछ’ ज्ञवालीले भने, ‘प्राविधिक शिक्षालयहरूको ग्रेडिङ गर्ने । क्षमता वृद्धि गर्ने । प्रशिक्षक÷शिक्षकलाई तालीमको व्यवस्था गर्ने र विद्यालय सुधार गर्नेछ ।’

तानसेन नगरपालिका पाल्पाका उपप्रमुख प्रतिक्षा सिंजालीले सिटिईभिटीबाट उत्पादित जनशक्तिलाई नेपालमै रोजगारको अवसर हुनुपर्ने बताए । कार्यक्रममा क्वालिटी परियोजना सहयोग इकाई स्वीस कन्ट्रयाक कार्यक्रमका शिक्षाविद् डा. उषा भण्डारी र परियोजनाका टिम लिडर भानु पण्डितले प्रशिक्षण दिएका थिए ।
लुम्बिनीमा सिटिइभिटीका आंगिक स्कूल १० वटा, पाटनरसिपका ३ वटा, सिटिइभिटी लागू भएका ६० वटा र कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा सञ्चालन गरेका १०० वटा स्कूलहरू रहेका छन् । कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत मनोज कुमार गैरे, शाखा अधिकृत लक्ष्मण ज्ञवाली, घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका सदस्य माया खनाल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?