ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
पटक-पटक बजार अनुगमन

सरकारको निर्देशन टेर्दैनन् व्यवसायी

१९ फाल्गुन २०७९, शुक्रबार
१९ फाल्गुन २०७९, शुक्रबार

बुटवल, फागुन ।
केही समय पहिला बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा सहित जिल्ला प्रशासनल कार्यालयले समेत बुटवलको राजमार्गचौराहमा रहेको पाण्डे मिष्ठान्न भण्डारमा अनुगमन ग¥यो । तत्कालिन समयमा पहिलो पटक भएको कारण व्यवसायीबाट केही अखाद्य बस्तु नियन्त्रणमा लिएर नष्ट समेत गरेको थियो । फागुन १८ गते विहिबार दोस्रो पटक बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा सहितको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा मिठाइमा कमिला, तेल अखाद्य भेटिएको थियो । भेटिएका अखाद्य बस्तु नियन्त्रणम लिएर अनुगमन टोलीले नस्ट ग¥यो ।
बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा अधिकृत ठगिश्वर पोखरेलका अनुसार गत असार मसान्त देखि हाल सम्म चालु आर्थिक वर्षको फागुन मध्यसम्ममा ७३ वटा खाद्यान्न बिक्री पसल, ११ वटा मासु बिक्री पसल, १६ वटा मिष्ठान्न भण्डार, ९ वटा योजना निर्माण, ४ वटा नदीजन्य पदार्थको चोरीनिकासी अनुगमन गरिएको छ । यस्तै ३ वटा विद्यालय अनुगमन, ८ वटा खेल संरचना अनुगमन, २२ वटा होटल तथा स्पा सेन्टर अनुगमन, १५ वटा सहकारी अनुगमन, ३ वटा विद्यालय अनुगमन र ८ वटा वडा कार्यालय अनुगमन गरिएको छ ।


जसमा मा मिष्ठान्न भण्डार ४ पटक सम्म अनुगमन गरिएको हो । ४÷४ पटक सम्म पनि अनुगन गरेर सचेत गराउँदा समेत व्यवसायीहरु सुध्रीएका छैनन । यस्तै खाद्यान्न विक्रि पसल सहित होटल तथा रेष्टिुरेन्ट, मिष्ठान्न भण्डारमा अनुगमन टोलीले २ पटक भन्दा बढि अनुगमन गरेको छ ।
अनुगमनको क्रममा तेल अखाद्य हुँदा सम्म प्रयोग गरेको पाइएको छ भने कतिपय पसलहरुमा कमिला, झिाँगा समेत मरेको अवस्थमा फेला परेको थियो । यस्तै लेवल विनाका बस्तु विक्रि, अखाद्य कलर प्रयोग गरेर विक्रि गर्नुको साथै व्यवसायीहरुले विना मुल्य, म्याद गुज्रेका सामान समेत राख्ने गरेको पाइएको थियो ।
पछिल्लो समयमा बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । महंगी, कालोबजारी तथा अखाद्य बस्तु, म्याद गएका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको हो ।
विषयगत रुपमा अनुगमन गरिरहेको र अनुगमनका कारण बजार सुधार हुँदै गएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए । अनुसार चालु आर्थिक वर्षको फागुन मध्यसम्ममा ७३ वटा खाद्यान्न बिक्री पसल, ११ वटा मासु बिक्री पसल, १६ वटा मिष्ठान्न भण्डार, ९ वटा योजना निर्माण, ४ वटा नदीजन्य पदार्थको चोरीनिकासी अनुगमन गरिएको छ ।
यस्तै ३ वटा विद्यालय अनुगमन, ८ वटा खेल संरचना अनुगमन, २२ वटा होटल तथा स्पा सेन्टर अनुगमन, १५ वटा सहकारी अनुगमन, ३ वटा विद्यालय अनुगमन र ८ वटा वडा कार्यालय अनुगमन गरिएको छ ।


अनुगमनका क्रममा कानून र मापदण्डविपरीत काम गरिरहेका पसल तथा संस्थाहरुलाई कानूनबमोजिम कारबाही गरेको अधिकृ पोखरेलले बताए । उनले आगामी दिनमा पनि निरन्तर अनुगमन हुने भएकाले उपभोक्ता र व्यवसायी तथा उत्पादकहरु सचेत हुनुपर्ने बताए ।
बुटवलमा रहेका मिठाइ पसल र रेष्टुरेन्टहरुमध्ये केहीमा अखाद्य अवस्थामा पुगेको तेल फेला परेकोमा नष्ट गरिएको छ ।
केही मिठाई पसल र रेष्टुरेन्टले तेलमा लापरबाही गरेको, बासी र सडेगलेका सामग्री बिक्रीका लागि राखेको, झिंगा र किरा परेका खाद्यपदार्थ बिक्रीका लागि राखेको पाइएकोमा सामग्री नष्ट गरी कानूनी कारबाही अगाडि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपक कुमार यादवले बताए ।
उनले तेल लाई एक दिनमा प्रयोग गरिसक्नुपर्ने मा पटक पटक फ्राई गरेर राख्ने गरेको पाइएको कारण तेल नष्ट गरिएको बताए । कतिपय रेष्टुरेन्ट, मिष्ठान्न भण्डारणले २५ लेवल भन्दा माथि तेल प्रयोग गर्न नहुनेमा ४१ लेवल सम्म पुग्दा समेत तेल प्रयोग गरिरहेको अवस्थमा पाइएको थियो ।


बुटवलको राजमार्ग चौराहमा रहेको ओम मिष्ठान्न भण्डारले पटक–पटक एउटै तेल प्रयोग गरेको पाइएको थियो । सो मिष्ठान्न भण्डारले ४१ ईन्डीकेटर भन्दा बढि हुने गरी तेल प्रयोग गरेको पाइएको थियो ।
यस्तै बुटवल तिनकुनेमा रहेको हरियाणा कुल्फीमा कुहीएको विभिन्न पदार्थ समेत नियन्त्रणमा लिएर नष्ट गरिएको थियो ।
उपभोक्ताको हितलाई ध्यानमा राखेर उत्पादन र बिक्री गर्नुपर्नेमा त्यसो नगर्नेलाई कानूनी कारबाही गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले बताउँछन् । उनले पटक पटक व्यवसायीहरुलाई सचेत गराउँदा समेत नियमन उल्घन गर्ने परिपाटी बढ्दै गएको भन्दै उनले सचेत गराएर मात्रै व्यवसायीहरुले नटर्ने परिपाटी विकास भएको बताए । उनले भने–‘कारवाहीमा समेत गर्दा व्यवसायीहरु सुध्रीएका छैनन, यो गम्भिर लापरवाही को कुरा हो ।’
बुधबार र बिहीबार बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, उद्योग वाणिज्य संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, सञ्चारकर्मीसहितको टोलीले बुटवलका मिष्ठान्न भण्डार, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट, क्याफे, मासु पसललगायतको अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission