Butwal Today

सैनामैनामा शनिवारदेखि फुटवल वडा लिग प्रतियोगिता हुँदै

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

सैनामैनामा शनिवारदेखि फुटवल वडा लिग प्रतियोगिता हुँदै
सैनामैना ।
मुर्गिया फुटवल क्लबको आयोजनामा सैनामैना वडा लिग फुटवल प्रतियोगिता २०८३ शनिवारदेखि हुदैछ । सैनामैना वडा नं ४ मुर्गियाको फुटवल रंगशालामा हुन लागेको प्रतियोगितामा सैनामैनाका ११ वटै वडाको सहभागीता रहने आयोजक क्लब मुर्गिया फुटवल क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया नगद, शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने द्वितिय हुनेले ५५ हजार ५ सय ५५ रुपैया नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने मुर्गिया फुटवल क्लबका अध्यक्ष प्रबिन भारीले जानकारी दिए ।
प्रतियोगिता मंसिर २५ गतेसम्म संचालन हुने छ भने प्रतियोगिताको संरक्षक सैनामैना नगरपालिका र सह आयोजक सैनामैना नगर खेलकुद बिकास समिति रहेको छ ।
प्रतियोगितामा बिभिन्न बिधामा पुरस्कार प्रदान गर्ने मुर्गिया फुटवल क्लबका सल्लाहकार अशोक खड्काले बताए ।
क्लबले बिभिन्न गतिबिधि संचालन गर्दै आएको र खेलाडी उत्पादन, संरक्षण र प्रहोत्सान गर्दै आएको क्लबका सल्लाहकार श्री दर्लामीले बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख खर्च हुने समेत आयोजकले जनाएको छ ।
मुर्गिया फुटवल क्लबका अध्यक्ष प्रबिन भारीको अध्यक्षता एवं क्लबका सदस्य हर्षित गौतमको संचालनमा पत्रकार सम्मेलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?