Butwal Today

राष्ट्रिय मानवअधिकार कपिलवस्तुको नेतृत्वमा पुन: खतिवडा

१५ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

चन्द्रौटा ।राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा पुनः विष्णुप्रसाद खतिवडा चयन भएका छन् । प्रतिष्ठानको नवौँ साधारण सभा तथा छैटौँ अधिवेशनले खतिवडाको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

शनिबार शिवराज नगरपालिका ५ चन्द्रौटास्थित सभा हलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा शिवराज सुवेदी, ओमप्रकाश भण्डारी र भक्ती पौडेल चयन भएका छन् । त्यस्तै सचिवमा खगेश्वर गिरी, सहसचिवमा अक्षिता शुक्ला र कोषाध्यक्षमा फर्सबहादुर विश्वकर्मा चयन भएका छन् ।

यसैबीच लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य अर्जुनकुमार केसीलगायतले मानवअधिकार सबै नागरिकको जन्मसिद्ध अधिकार भएको बताए । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्य, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष भूमिराज भट्टराई, शिवराज नगरपालिका(१ का अध्यक्ष खिमविक्रम केसी र वडा नम्बर ५ का अध्यक्ष नेत्रप्रसाद बेल्बासेलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

उनीहरुले यसको संरक्षण र कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुनुपर्ने सरोकारवालाहरूले बताएका छन् । जात, धर्म, भाषा, लिङ्ग, वर्ग तथा समुदायका आधारमा हुने विभेद अन्त्य गर्दै सबै नागरिकलाई समान अवसर, सम्मान र न्यायको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?