© 2026
लमही ।
लमही नगरपालिकाले थप दुई जना भूमिहीन सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ । शनिवार लमही नगरपालिका वडा नम्बर ३ का २ जना भूमिहीनले जग्गा धनी प्रमाणपत्र पाएको लमही नगरपालिका मेयर जोगराज चौधरीले बताए । उनीहरूलाई मेयर चौधरीले फिल्डमा एक कार्यक्रममार्फत लमही शारदा दमाई र कृष्णा सिजाली डाँगीलाई जग्गाधनी लालपुर्जा प्रदान गरिएको बताए ।
भूमिहीन सुकुम्वासीलाई जग्गाको स्वामित्व प्रदान गर्ने अभियानअन्तर्गत नगरपालिकाले लालपुर्जा वितरण गरेको हो । यस अघि सोही स्थानमा २२ जनालाई जग्गा धनी लालपुर्जा वितरण गरिसकेको पनि मेयर चौधरीले बताए ।
हेबिट नेपाल र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसी) को सहजीकरणमा देउखुरी ४ वटै पालिकाका भूमिहीनहरुसँग समन्वय गर्दै जग्गाको नाप जाँच, पुर्जा वितरण कार्यमा सहजीकरण गर्दै आएको छ ।