© 2026
चन्द्रौटा ।
कपिलवस्तुको सामुदायिक वनबाट बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ । वाणगंगा नगरपालिका९९ स्थित बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार इलाका प्रहरी कार्यालय पिपराले खुतखुते सामुदायिक वनको ‘लहरे उकाली’ भन्ने स्थानमा लुकाएर राखिएको अवस्थामा चार नाल एकनाले भरुवा बन्दुक फेला परेको हो । भरुवा बन्दुक लुकाइ छिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो । इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा ९ जनाको प्रहरी टोली शुक्रवार अपराह्न करिब ४ः२५ बजे उक्त क्षेत्रमा पुगेको थियो ।
खोजतलासका क्रममा काठको गोलियाको धोद्रोभित्र स्याउला र पातले छोपेर लुकाइएको अवस्थामा चार नाल भरुवा बन्दुक फेला परेको जनाइएको छ । बरामद गरिएका चार वटै बन्दुक सग्लो अवस्थामा रहेको र सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।