© 2026
सल्यान ।
सल्यानमा अनियन्त्रित भएर अटो सडकबाट खस्दा एक युवाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका, १० माथिल्लो मोखलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र अटो चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा अटोमा सवार छत्रेश्वरी गाउँपालिका, ५ सिरुवाली निवासी ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक ईश्वर रोकायाले जानकारी दिए ।
अटो चालक बागचौर नगरपालिका, १० निवासी ३४ वर्षीय निर्मल कँवर मगर घाइते भएका छन् । उनको टाउको, बायाँ खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते चालकलाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीतर्फ लगिएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
बुधवार राति करिब १ः३० बजे मोखला बजारबाट माथिल्लो मोखलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनाबारे बिहान ७ः०५ बजे इलाका प्रहरी कार्यालय थारमारेमा खबर प्राप्त भएपछि प्रहरी निरीक्षक यामबहादुर मल्लको कमान्डमा ट्राफिक प्रहरीसहित आठ जनाको टोली घटनास्थलमा खटिएको थियो ।