Butwal Today

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

१२ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

काठमान्डौँ ।

बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९३० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?