Butwal Today

इनड्राइभको ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’

१२ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनर्सहरूको मेहनत, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै ‘‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’’ क्याम्पेन सुरु गरेको छ ।

सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म चार हप्तासम्म सञ्चालन हुने यस क्याम्पेनमार्फत ड्राइभर पार्टनर्सले आफ्नो सक्रियता र कार्यसम्पादनका आधारमा विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । क्याम्पेनको बम्पर उपहारका रूपमा एक जना भाग्यशाली ड्राइभर पार्टनर्सले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल जित्नेछन् ।

ड्राइभर पार्टनर्सहरूको निरन्तर योगदान, प्रतिबद्धता र सक्रिय सहभागितालाई प्रोत्साहन तथा सम्मान गर्ने इनड्राइभको पहलअन्तर्गत यो क्याम्पेन सञ्चालन गरिएको हो । क्याम्पेनमा सहभागी ड्राइभर पार्टनर्सले एक साताभित्र कम्तीमा ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ ।

उक्त मापदण्ड पूरा गर्ने ड्राइभर पार्टनर्सहरू पुरस्कारको लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन् । क्याम्पेन अवधिभर पूरा गरिएको प्रत्येक राइडलाई लक्की ड्रका लागि एक इन्ट्रीका रूपमा गणना गरिनेछ। यसअनुसार ड्राइभर पार्टनर्सहरूले जति धेरै राइड पूरा गर्छन्, पुरस्कार जित्ने उनीहरूको सम्भावना पनि त्यति नै बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?