Butwal Today

एनपीएल : विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित

१० कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवनसँग विराटनगर पराजित भएको छ । मंगलबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो । विराटनगरका लागि इमरान शेखले ३९ र लोकेश बमले २६ रन बनाए । आन्द्रे रसेलले १७ बलमा ३३ रन जोडे ।

चितवनका कमल ऐरीले सर्वाधिक ४ विकेट लिए । रिजन ढकालले २ विकेट लिए भने टम टेलर, रञ्जित कुमार, दान माउजली र मौसुम ढकालले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका डेविड मलानले सर्वाधिक ७० रन बनाए । रवि बोपारा ३२ र दान माउजली २९ रनमा अविजित रहे ।

विराटनगरका चार बलरले १–१ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?