© 2026
बुटवल ।
रुपन्देहीको सैनामैना नगरपालिका–६ का गणेश गौतम नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन् । उनी ट्यालेन्ट हन्टमार्फत छनोट हुँदै काठमाडौं गोर्खाजको टोलीमा समावेश भएका हुन् ।
काठमाडौं गोर्खाजले गौतमको तस्बिर सार्वजनिक गर्दै उनलाई एनपीएल सिजन ३ का लागि ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीका रूपमा परिचय गराएको छ । गौतम यसअघि पनि पीएल सिंह कप लगायत विभिन्न घरेलु क्रिकेट प्रतियोगितामा सहभागी हुँदै आएका थिए । घरेलु प्रतियोगितामा अनुभव बटुल्दै आएका उनले अब एनपीएलजस्तो ठूलो मञ्चमा आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर पाएका छन् ।
ट्यालेन्ट हन्टमार्फत टोलीमा स्थान बनाउन सफल गौतमको छनोटले स्थानीय स्तरमा क्रिकेट खेल्दै आएका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुन सक्ने देखाएको छ । एनपीएल सिजन ३ मा काठमाडौं गोर्खाजबाट खेल्न लागेका गौतमको सहभागितालाई सैनामैना तथा रुपन्देहीका क्रिकेटप्रेमीले चासोका साथ हेरेका छन । प्रतियोगितामा उनको प्रदर्शन कस्तो रहन्छ भन्ने विषय भने आगामी खेलले निर्धारण गर्नेछ ।