© 2026
काठमान्डौँ ।
चितवन राइनोजका ओपनर डाविड मलानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किङ्सविरुद्ध पहिले ब्याटिङ गरेको चितवनका लागि ओपनर मलानले ४१ बलमा ५३ रन बनाएका हुन् ।
उनले ५ चौका र ३ छक्का प्रहार गरे। १०.२ ओभरमा उनले अर्धशतक पूरा गर्दा चितवनको खातामा ७२ रन पुगेको छ ।
अर्जुन साउदले ७ बलमा ३ रन बनाएका छन् ।