Butwal Today

एनपीएल : विराटनगरले चितवन राइनोजविरुद्ध बलिङ गर्ने

१० कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् । टस हारेपछि चितवनले पहिले ब्याटिङ गर्नेछ ।

चितवनको कप्तानी रवि बोपाराले गरिरहेका छन् । टसपछि उनले पछिल्ला नौ खेलमा आफूले टस हारेको उल्लेख गर्दै राम्रो स्कोर बनाएर त्यसको डिफेन्ड गर्ने बताए ।

आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?