Butwal Today

एनपीएल : चितवनको कप्तानी बोपारालाई, कुशल मल्ल बेन्चमा

१० कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

काठमान्डौँ ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन् । यसअघि चितवनको कप्तानी कुशल मल्लले गर्दै आएका थिए । तर, आजको खेलमा कुशल प्लेइङ ११ मा परेका छैनन् ।

विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरेका छन् । टस जितेका लामिछानेले पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।

टस हारेपछि चितवनका कप्तान बोपाराले पछिल्ला नौ खेलमा आफूले टस हारेको उल्लेख गर्दै यस खेलमा राम्रो स्कोर बनाएर त्यसको डिफेन्ड गर्ने बताए ।

तेस्रो संस्करणको एनपीएलमा चितवन राइनोज र विराटनगर किंग्स दुवैले आज पहिलो खेल खेल्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?