Butwal Today

बुटबलमा वडा स्तरिय भेट्रान्स फुटवल प्रतियोगिता हुने

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल । बुटवल उपमहानगरपालिका–११ मा रहेको जी–२५ क्लबको आयोजनामा प्रथम जी–२५ सेभेन ए साइड भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।

असोज २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिता बुटवल–११ देवीनगर स्थित एन्फा एकेडेमीको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष सजनकुमार भारीले बताए । प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका १२ वटा वडाहरूले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा विजेताले एक लाख पाँच हजार पाँच सय ५५ रूपैयाँ कम मेडल प्रमाणपत्र उपविजेताले ५५ हजार पाँच सय ५५ रूपैयाँ कप मेडल प्रमाणपत्र पाउने छन । त्यस्तै उत्कृष्ट खेलाडीलाई ७ हजार पाँच सय ५५, सर्वाधिक गोलकर्तालाई ६ हजार पाँच सय ५५ र उत्कृष्ट गोलरक्षकलाई ६ हजार पाँच सय ५५ रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ४० वर्ष उमेर पूरा गरेका खेलाडी अनिवार्य रूपमा चार जना र ४५ वर्ष उमेर पूरा गरेका तीन जना खेलाडी सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको तयारी तीव्र पारिएको खेल संयोजक रमेशकुमार जोशीले बताए। उनले प्रतियोगिताको प्रचारप्रसारलाई समेत तीव्र बनाइएको जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि करिब ८ लाख ८४ हजार ५ सय रूपैयाँ खर्च हुने अनुमान गरिएको उनको भनाइ छ ।

गत वर्षको प्रतियोगिताको विजेता बुटवल–११ बनेको थियो । यस वर्ष पनि भेटरान्स खेलाडीबीच प्रतिस्पर्धात्मक र आकर्षक खेल हुने आयोजकको अपेक्षा छ । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य माननिय मन्जु भुसालले क्लवले सामाजिक काममा सक्रिय रहेको भन्दै राष्ट्रियस्तरको प्रतियोगिता गर्न सुझाव दिईन् । उनले खेल अनुशासन र स्वास्थ्यका लागि अति आवश्यक रहेको उल्लेख गरिन् ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको प्रथम पुरस्कारका प्रायोजक विष्णुबहादुर हमालले आफू विदेशमा रहँदा विभिन्न प्रतियोगिता आयोजना गरेको अनुभव रहेको बताउँदै स्थानीयस्तरमा युवाहरूले आयोजना गरेका खेलकुद गतिविधिलाई प्रोत्साहन र सहयोग गर्दै आएको बताए । उनले खेलकुदको माध्यमबाट स्थानीय युवालाई अघि बढाउन सकिने भन्दै यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?