© 2026
काठमान्डौँ ।
गृहमन्त्री सुधन गुरुङले पदले राज्यका संवेदनशील सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो । पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन ।”
गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको गुरुङले उल्लेख गरेका छन् ।
उनले सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने बताएका छन् ।
“राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ,” उनले भनेका छन् ।
यसैबीच, गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक ९एआईजी० वंशी राज दाहाललाई सूचना चुहाएको आरोपमा निलम्बन गरेको छ । निलम्बनका लागि सशस्त्र प्रहरी मुख्यालयले नै प्रस्ताव पठाएको थियो ।