Butwal Today

बुटवल–११ मा पाँच घर बगे , १२ गते साँझसम्म उच्चसतर्क हुन आग्रह

११ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

बुटवल । तिनाउ नदी बाढीका कारण बुटवल उपमहानगरपालिका–११ टप मझुवा क्षेत्रमा पाँच घर बगेका छन्। राति १२ : ४५ बजेतिर घर बगेपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। लगातारको वर्षासँगै तिनाउ नदीमा जलसतह बढेर सतर्कता तह पार गरेको थियोे । बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेको रहेवरमा ९ सय जनालाई उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार असोज १० गते राति ८ बजे बुटवल जलमापन केन्द्रमा तिनाउ नदीको जलसतहले सतर्कता तह पार गरेको हो। जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

तिनाउमा आएको बाढी र नदी कटानका कारण बुटवल–११ टप मझुवाका पाँच घर बगेका हुन्। घरमा क्षति पुगेपछि त्यहाँ रहेका परिवारलाई जोखिमबाट जोगाउन सुरक्षित स्थानमा सारिएको बुटवल ११ का जनप्रतिनिधि नकुल शाही ठकुरीले जानकारी दिएका छन् ।

बाढीको बहाव बढ्दै गएसँगै टिनाउ किनारका अन्यबस्तीसमेत जोखिममा परेका छन्। स्थानीयवासीलाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
जलसतह अझै बढ्न सक्ने भएकाले टिनाउ तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।आज बिहान पानिको सतह घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?