Butwal Today

युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छः मुख्य सचेतक बुर्लाकोटी

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले युवाको सहकार्यमा राज्यको भविष्य निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले अन्तर्राष्ट्रिय युवा दिवसका विषयमा आफ्नो धारणा राखेका थिए । यसै सन्दर्भमा उनले जेनजी आन्दोलनको पृष्ठभूमिमा युवा शक्ति रहेको स्मरण गर्दै नेपालको बदलिँदो भविष्यका लागि युवा अपरिहार्य रहेको बताए ।

उनका अनुसार करिब ४३ प्रतिशत जनसङ्ख्या युवाको रहेकाले युवाका मुद्दालाई राजनीतिको मूलधारमा ल्याउनु आवश्यक छ । उनले सदनमा भने, “आजको युवा पुस्ताले केवल मतदान गरेर मात्रै होइन, पुरानो राजनीतिक संस्कृतिमाथि प्रश्न उठाएर परिवर्तनको ढोका खोलेको छ ।”

मुख्य सचेतक बुर्लाकोटीले युवाको समस्या बेरोजगारी मात्रै नभई लागु औषध, मानसिक स्वास्थ्य, तनाव परामर्शको अभाव, निराशा र भविष्यप्रतिको अनिश्चिततालगायत रहेको बताए । यी समस्याको समाधान गर्न आफ्नो पार्टी संवेदनशील रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?