Butwal Today

सर्वोच्चको फूलकोर्ट बैठक जारी

१६ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

काठमान्डौँ ।

सोमबार बिहानदेखि सुरु भएको सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) अझै जारी छ । पेसी सूची प्रकाशित भइसके पनि न्यायाधीशहरू इजलासमा नगई बैठकमा छलफल गरिरहेका छन् ।

सर्वोच्च अदालत प्रशासनका अनुसार फूलकोर्ट बैठक कम्तीमा खाजा खाने समयसम्म लम्बिने सम्भावना छ । त्यसपछि मात्रै न्यायाधीशहरू इजलासमा जानेछन् ।

प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मा र न्यायाधीश हरि फूयालबीचको ह्वाट्सएप संवाद तथा अन्य विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतको फूलकोर्ट बैठकमा छलफलको विषय बनेको थियो । त्यसपछि प्रधानन्यायाधीश शर्माले समसामयिक विषयमा छलफल गर्न सोमबार बिहान फूलकोर्ट बैठक बोलाएका थिए ।

दुई थरी म्यासेज सार्वजनिक भएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउने विषयमा छलफल गरेको थियो । यसबारे आवश्यक निर्णय गर्ने जिम्मेवारी रास्वपाले संसदीय दललाई दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?