Butwal Today

काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

१६ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि कर्णालीले ब्याटिङको निम्तो पाएको हो ।

एनपीएलमा कर्णाली लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । यता, काठमाडौं भने प्रतियोगिताको दोस्रो खेलमा पहिलो जितको खोजीमा छ ।

आजको खेलका लागि काठमाडौंले टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ भने कर्णालीले एक खेलाडी परिवर्तन गरेको छ ।

काठमाडौं गोखार्ज :
करण केसी, भीम सार्की, रासिद खान, आदिल आलम, सन्तोष यादव, सहाब आलम, देव शाह, रिपोन मण्डल, डेविड वार्नर, स्मित पटेल र जनादन खान ।

कर्णाली याक्स :
सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दिपक डुम्रे, युनिस सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, अरिफुल इस्लाम, मार्क वाट, मुहम्मद हुसैन तलात र जिसन अलाम ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?