© 2026
काठमाडौँ । अनशनमा बसेका विनय यादवको बिग्रँदो स्वास्थ्य अवस्थालाई बेलैमा ध्यान दिन सरकारसँग माग गरिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशन बसेका यादवको स्वास्थ्य अवस्था बुझेपछि उनको स्वास्थ्यमा ध्यान पुर्याउन सरकारसँग माग गरेको हो । सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै यादव १२ दिनदेखि अनशनमा रहेका छन् ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा अनशनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गरी निजको जीवनरक्षा गर्न र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको उल्लेख छ ।