© 2026
भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालयबाहिर रहेका १३७ जना बालबालिकालाई लक्षित गर्दै वैकल्पिक कक्षा सञ्चालन गर्ने भएको छ ।
विसं २०६३ असोज २ गतेपछि जन्मिएका र आधारभूत तह ९कक्षा ८० उत्तीर्ण गर्न नसकेका बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा पूरा गराउने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गर्न लागिएको हो ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ कार्यान्वयन गर्दै नगरपालिकाले दोस्रो पटक सूचना प्रकाशित गरी पढाइ छुटेका बालबालिकालाई अध्ययनका लागि सहभागी हुन अनुरोध गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेका अनुसार वडा नं। ६ मा २९, वडा नं। ४ मा १९, वडा नं। २ मा १७, वडा नं। ५ मा १७, वडा नं। ३ मा १६, वडा नं। ९ मा १४, वडा नं. ८ मा १०, वडा नं। १ मा आठ र वडा नं। ७ मा सात जना गरी कुल १३७ बालबालिका कक्षा ८ पूरा नगरी विद्यालयबाहिर रहेका छन् ।