© 2026
पाल्पा। ताानसेनको मिलीनियम सेकेण्डरी विद्यालयको चमेला गृहको ग्यासको पाइप बाट ग्यास चुवावट भई आगलागीमा परेकी बालीकाको उपचारको क्रममा मृत्यु भएको छ ।
आगलागी बाट गम्भिर घाइते भएकी आठ वर्षकी साजुदा वानुको काठमाण्डौंमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।
उनी गत साउन सात गते खाजा खाने क्रममा चमेना गृहको ग्यास पाइप बाट ग्यास चुइएर आगलागीमा परेपछि तत्काल तानसेनको युनाइटेड मिसन अस्पतालमा उपचारका लागि लगिएकोमा प्राथमिक उपचार पछि हेलीकप्टर बाट ललितपुरको वर्न अस्पतालमा थप उपचारको लागि लगिएको थियो ।
मृतक बालिकाको पारिवारीक श्रोतका अनुसार बुधबार अपराह्न उपचारको क्रममा मृत्यु भएको र वानुको स्वास्थ्य अवस्था मंगलबार देखि नै जटिल बन्दै गएको थियो ।
आज उनको पोष्टमाष्टम गरी तानसेन ल्याउने तयारी भएको छ । शोकमा बिहीबार र सुक्रबार विद्यालय बिदाको घोषणा गरिएको छ । चिकित्सकका अनुसार वानुको दुर्व हात अनुहार छातीको दाहिने भाग गरी ३५ प्रतिशत शरीर जलेको थियो । वानु सँगै खाजा खाइरहेका अन्य दुई जना सामान्य घाइते भएका थिए ।