Butwal Today

लायन्स अभिमुखीकरण तालिम

१९ श्रावण २०८३, मंगलवार
अ+
अ-

बुटवल । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, एरिया ४, रिजन १४, जोन २९ अन्तर्गतका लायन्स क्लब अफ बुटवल सयपत्री, लायन्स क्लब अफ बुटवल समर्पण, लायन्स क्लव अफ बुटवल मखमली, लायन्स क्लब अफ बुटवल शुभपाइला, लियो क्लब अफ बुटवल सयपत्री तथा नवगठित लायन्स क्लब अफ बुटवल इमर्जिङको संयुक्त आयोजनामा लायन्स अभिमुखीकरण तथा नेतृत्व विकास तालिम बुटवलमा सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर ला. सन्दीप कसोधन, पीएमजेएफ प्रमुख अतिथि, डिष्ट्रिक्ट सेक्रेटरी ला. आशिषकृष्ण श्रेष्ठ, पीएमजेएफ विशिष्ट अतिथि तथा जीएलटी कोर्डिनेटर ला. माधव खनाल प्रमुख प्रशिक्षक रहेका थिए । एरिया चिफ ला. दीपक गौतम, एमजेएफ, एरिया को–चिफ ला. कमला ज्ञवाली तथा एरिया सेक्रेटरी ला. राजु भण्डारीको कार्यक्रममा सहभागिता रहेको थियो ।

करिब ७० जना लायन्स तथा लियो सदस्यहरूको सहभागिता रहेको तालिममा लायन्सको उद्देश्य, सदस्यको भूमिका तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण प्रदान गरिएको जोन चियरपर्सन लायन कमला बस्नेत कुँवरले जानकारी दिइन् । कार्यक्रममा गीता थापा, अन्जु थापा, ध्वजा अभिवादन शिवना आचार्य, विष्णु पौडेल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?