© 2026
काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टी ९एमाले० संसदीय दलका नेता रामबहादुर थापासँग पनि छुट्टै भेटवार्ता गरेका छन् ।
सभामुखको सचिवालयका अनुसार सभामुख अर्यालले मङ्गलबार विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाल कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।भेटवार्तामा प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।
त्यसै गरी, मङ्गलबार नै सभामुखले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए । छलफलमा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउने र आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा विचार आदानप्रदान भएको थियो ।