© 2026
गुल्मी ।
कालीगण्डकी कोरिडोर पहिरोका कारण अवरुद्ध भएको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर १ हर्मिचौरको उपल्ला खण्डमा सडक माथिबाट ठुलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सडक माथिबाट ढुङ्गासहित पहिरो खसेका कारण बिहानैबाट सडक अवरुद्ध भएको स्थानीय वासुदेव पाण्डेले जानकारी दिए ।
पहिरो पन्छाउनका लागि पुर्तिघाटबाट एक्साभेटर मगाएकाले पहिरो पन्छाउन केही समय लाग्ने वडा नम्बर एकका वडा अध्यक्ष लालुप्रसाद पाण्डेले बताए । सडक अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारीहरू बिहानैदेखि चल्न सकेका छैनन् ।
यसैबिच कालीगण्डकी कोरिडोरको गुल्मी खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एक सूचना जारी गर्दै कोरिडोरको गुल्मी खण्डमा दैनिक पहिरो गइरहने र सो सडक खण्डमा सडक माथिबाट ढुङ्गा खसिरहने भएकाले राती ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।