Butwal Today

कोरिडोरमा राती सवारी सञ्चालनमा रोक

१६ असार २०८३, मंगलवार
अ+
अ-

गुल्मी । काली गण्डकी कोरिडोरको गुल्मी खण्डमा रातको समयमा  सवारी सञ्चालनमा रोक लगाइएको छ ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रेले एक सूचना जारी गर्दै कोरिडोरको गुल्मी खण्डमा दैनिक पहिरो गइरहने र सो सडक खण्डमा सडक माथिबाट ढुंगा खसिरहने भएकाले राती ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।

जिल्ला सुरक्षा समितिको असार १५ को निर्णय अनुसार बर्सातको समय अवधिभर काली गण्डकी गाउँपालिका वडा नम्बर एक हर्मिचौर मिर्मी जाने सडक चोकदेखि गुल्मी र बाग्लुङको सिमाना धुससम्म सो समय अवधिमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

रातको समयमावाहेक अन्य समयमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन र कुनै समस्या परेमा विपद् उद्धार १४४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ वा नजिकको प्रहरी इकाई मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?