Butwal Today

चौराह हस्पिटलः न्युरो सर्जरी र अर्थोपेडिक्स तथा ट्रमा सेवामा उत्कृष्ट

२३ जेष्ठ २०८३, शनिबार
अ+
अ-

बुटवल । चौराहा हस्पिटल प्रालि रुपन्देहीको बुटवलमा अवस्थित एक प्रतिष्ठित स्वास्थ्य संस्था हो । वि. सं. २०६९ जेठ १० गते देखि सेवा शुभारम्भ गरेको यो अस्पताल ट्रमा सेन्टरको रूपमा सेवा दिने अस्पतालको नाममा परिचित छ ।

यस अस्पतालले २४ सै घण्टा आकस्मिक तथा विभिन्न विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गर्दै आइरहेको छ । बुटवल उप–महानगरपालिका– ११ कालिकानगरमा अवस्थित यो अस्पतालले दिने सेवा सुविधाका कारण स्थापनाको छोटो समय मै सबैको रोजाइ बन्न पुगेको छ ।

अनुभवी दक्ष विशेषज्ञ चिकित्सकहरूबाट उपचार हुने भएकाले पनि यो अस्पतालले सवैको मन जित्न सफल भएको हो । न्युरोसर्जरी र अर्थोपेडिक्स तथा ट्रमा सेवामा उत्कृष्टता पाएको यो अस्पताल भौगोलिक पहुँच र उपचारको बिस्वस्नियताले सडक दुर्घटनाका बिरामीको पनि चाप हुने गर्दछ ।

न्यूरो तथा स्पाइन सर्जरी (मस्तिष्क तथा मेरुदण्ड शल्यक्रिया), इमर्जेन्सी तथा फ्यामिली फिजिसियन, हाडजोर्नी तथा नशा रोग, जनरल फिजिसियन जनरल तथा ल्याप्रोस्कोपिक सर्जन (साधारण तथा दुरबिन प्रविधिबाट गरिने शल्यक्रिया), बालरोग विशेषज्ञ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ, दन्त रोग विशेषज्ञ सेवा, मानसिक तथा नशा रोग, चर्म (छाला) रोग विशेषज्ञ सेवा, रेडियोलोजी विभाग, नाक, कान, घाँटी रोग, एनेस्थेसिया तथा क्रिटिकल केयर, फिजियोथेरापी तथा पुनः स्थापना विशेषज्ञ सेवा अस्पतालले प्रदान गर्न सेवा हुन् ।

यो अस्पतालमा न्युरोसर्जरी मा मस्तिष्क, मेरुदण्ड तथा नशा सम्बन्धी जटिल उपचार र शल्यक्रिया सेवा उपलब्ध रहेको छ । त्यसै गरी अर्थोपेडिक्स तथा ट्रमा अन्तर्गत हड्डी, जोर्नी, नशा र दुर्घटनाबाट लागेका चोटपटकको उपचार हुन्छ ।

जनरल तथा युरोसर्जरीमा साधारण शल्यक्रिया तथा मिर्गौला र पिसाबथैली सम्बन्धी उपचार हुन्छ भने इन्टरनल मेडिसिनमा मुटु, कलेजो, पेट, मधुमेह र अन्य आन्तरिक रोगहरूको परीक्षण तथा उपचार हुन्छ ।

नाक, कान, घाँटीतर्फ नाक, कान र घाँटी सम्बन्धी रोगहरूको निदान तथा उपचार, छाला रोग तर्फः छाला, कपाल र नङ सम्बन्धी समस्याको विशेष उपचार हुन्छ ।

अस्पतालले दन्त तथा फेशियल सर्जरी सेवा पनि प्रदान गर्दै आएको छ । जस अन्तर्गत दाँत, मुख तथा अनुहारको हड्डी सम्बन्धी शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । इन्टेन्सिभकेयर सेवा पनि यहाँ सञ्चालनमा छ । जसमा गम्भीर बिरामीहरूका लागि आधुनिक सघन उपचार कक्षमा सेवा प्रदान गरिदै आएको अस्पतालका प्रबन्ध निर्देशक विरु भण्डारीले जानकारी दिए ।

अस्पतालमा फार्मेसी (औषधी पसल), भिडियो एक्स–रे, डिजिटल एक्स–रे, प्रयोगशाला (ल्याब), फिजियोथेरापी, इसिजि, सिटि स्क्यान, इमर्जेन्सी ओ.टी. सेवा पनि उपलब्ध छ ।

अस्पतालले विभिन्न संस्थाहरूसँग सहकार्य गरेर ती संस्थामा आबद्ध भएकाहरूलाई उपचारमा छुट दिने गरेको छ । हाल सिटिजन्स बैङ्कका परिचयपत्र बाहक वा मोबाइल बैङ्किङ प्रयोगकर्ताहरूले अस्पतालको सेवा शुल्कमा १० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।

अस्पताल पूर्णतः अपाङ्गतामैत्री रहेको छ । ह्विलचेयर गुडाउन मिल्ने प्रवेशद्वार र पार्किङ्गको राम्रो व्यवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले प्रत्येक हप्ताको बिहीबार मधुमेह (सुगर) जाँच तथा फिजिसियन ओपिडी सेवा पूर्ण रूपमा निःशुल्क गरेको छ ।

अस्पतालले प्रदान गर्ने सेवा नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको हुन्छ । त्यसैले अस्पतालको सेवा गुणस्तरीय, भरपर्दो र प्रभावकारी बनाउन अस्पतालले कुनै कसर बाकी राखेको छैन । “गुणस्तरीय स्वास्थ्य सेवाको सन्दर्भमा गुनासो रहित बनाउने प्रयत्न गरिएको छ”, प्रबन्ध निर्देशक भण्डारीले भने–“अस्पतालको सेवा गुणस्तरीय बनाउन सबैभन्दा महत्वपूर्ण पक्ष दक्ष जनशक्ति हो ।

चिकित्सक, नर्स, ल्याब प्राविधिक तथा अन्य कर्मचारी आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध हुनुहुन्छ ।” बिरामीलाई पर्याप्त मात्रामा समय दिई काउन्सीलिङ गरिने भएकाले बिरामीको रोजाई यो अस्पताल हुने गरेको छ । “कर्मचारीलाई जबाफदेहिता, अस्पताल सरसफाइ, चुस्त प्रशासनले गर्दा उत्कृष्ट सेवा दिन सफल भएका छौँ”, उनले भने– “सबै मापदण्डहरू पूरा भएकाले अस्पतालले बिरामीको उपचारको सन्दर्भमा राम्रो रिजल्ट दिएको छ ।”

दक्ष र तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था, बिरामीसँग सम्मानपूर्ण र मानवीय व्यवहार, छिटो, सहज र व्यवस्थित सेवा प्रवाह, पर्याप्त औषधी र आधुनिक उपकरणको उपलब्धता आदिले अस्पतालले प्रदान गर्ने सेवा गुनासो रहित बनेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको गुणस्तरीय सेवाको लागि उपचार मात्र नभएर सुरक्षित वातावरण, समयमै सेवा, दक्ष जनशक्ति र बिरामीप्रति सम्मानपूर्ण व्यवहार भएकोले अस्पतालले यसलाई विशेष महत्त्व दिएको छ । सेवामा निरन्तर सुधार, पारदर्शिता र सेवाग्राहीमैत्री व्यवस्थामा ध्यान दिई गुणस्तरीय स्वास्थ्य सेवा सम्भव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?