Butwal Today

नियोन मल्टिस्पेसियालिटी सेन्टरः एकै छानामुनि बहु आयामिक स्वास्थ्य सेवा

२० जेष्ठ २०८३, बुधबार
अ+
अ-

बुटवल । स्वास्थ्य सेवा कुनै पनि समाजको आधारभूत आवश्यकता हो । समयमै गुणस्तरीय उपचार सेवा प्राप्त हुन सकेमा जटिल रोगसमेत सहज रूपमा नियन्त्रण गर्न सकिन्छ ।

पछिल्ला वर्षहरूमा रुपन्देही स्वास्थ्य सेवाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ । सरकारी तथा निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूको विस्तारसँगै स्थानीय नागरिकले आफ्नै क्षेत्रमा विशेषज्ञ सेवा प्राप्त गर्न थालेका छन् ।

यही क्रममा स्थापना भएको नियोन मल्टिस्पेसियालिटी सेन्टर प्रालि छोटो अवधिमै नागरिकको विश्वास जित्न सफल स्वास्थ्य संस्थाका रूपमा परिचित बन्दै गएको छ ।

वि. सं. २०८२ साल असोज महिनादेखि सञ्चालनमा आएको नियोन मल्टिस्पेसियालिटी सेन्टरले विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र बिरामी मैत्री सेवामार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य उपचारका लागि ठुला सहर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस संस्थाले छोटो समयमै उपचार सेवाको प्रभावकारी केन्द्रका रूपमा आफ्नो पहिचान निर्माण गरेको छ ।

स्वास्थ्य सेवामा बढ्दो प्रतिस्पर्धाका बिच नियोन मल्टिस्पेसियालिटी सेन्टरले सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै बहु आयामिक स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ ।

यहाँ नाक, कान तथा घाँटी रोग, हाड जोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, छाला तथा यौन रोग, मानसिक स्वास्थ्य, जनरल सर्जरी लगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सकबाट नियमित परामर्श तथा उपचार सेवा उपलब्ध छ । अनुभवी चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार हुने भएकाले बिरामीले सुरक्षित र भरपर्दो सेवा प्राप्त गरिरहेका छन् ।

संस्थाले आधुनिक चिकित्सा प्रविधिलाई आत्मसात् गर्दै विभिन्न परीक्षण तथा उपचार सेवाहरू सञ्चालन गरिरहेको छ । इन्डोस्कोपी सेवा, डिजिटल एक्स–रे, अत्याधुनिक प्रयोगशाला सेवा, फिजियोथेरापी, ईसीजी, प्लास्टर सेवा, पीआरपी थेरापी, यूबीटी परीक्षण, आईयूआई सेवा तथा छालासम्बन्धी सम्पूर्ण उपचार सुविधा यहाँ उपलब्ध छन् । सामान्य शल्यक्रिया (माइनर ओटी) सेवा सञ्चालनमा रहेकाले सामान्य प्रकृतिका शल्यक्रियाका लागि बिरामीलाई अन्यत्र जानुपर्ने आवश्यकता कम भएको छ ।

विशेष गरी पछिल्लो समय हाड जोर्नी, छाला तथा मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दै गइरहेका बेला संस्थाले ती क्षेत्रका विशेषज्ञ सेवालाई विशेष प्राथमिकता दिएको छ । प्रारम्भिक परीक्षणदेखि उपचार र आवश्यक परामर्शसम्मका सेवाहरू एउटै स्थानबाट उपलब्ध गराइँदा बिरामीको समय र खर्च दुवै बचत हुने गरेको छ । आधुनिक उपकरणको प्रयोगले रोगको सही पहिचान र प्रभावकारी उपचारमा समेत सहयोग पुगेको संस्थाको दाबी छ ।

उपचार सेवा मात्र नभई सामाजिक उत्तरदायित्वलाई समेत आफ्नो मुख्य प्राथमिकतामा राख्दै आएको नियोन मल्टिस्पेसियालिटी सेन्टरले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकसम्म सेवा पु¥याउने उद्देश्यले कपिलवस्तु जिल्लामा दुई पटक र गैडहवा क्षेत्रमा एक पटक निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श र औषधिसमेत निःशुल्क उपलब्ध गराएका थिए ।

ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाइ भोग्नु परेको यथार्थलाई मध्यनजर गर्दै यस्ता कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । शिविर मार्फत सयौँ नागरिकले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका थिए । आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै विभिन्न गाउँ तथा दुर्गम क्षेत्रमा समेत विस्तार गर्ने योजना रहेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विभिन्न स्वास्थ्य सचेतना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । नियमित स्वास्थ्य परीक्षण, रोगको प्रारम्भिक पहिचान तथा स्वस्थ जीवनशैलीका बारेमा नागरिकलाई जानकारी दिने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिँदै आएको संस्थाले जनाएको छ ।

सरकारले तोकेको मापदण्ड अनुसार सिफारिसका आधारमा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ । यसबाट आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा उपचारको आवश्यकता भएका बिरामीलाई प्रत्यक्ष राहत पुगेको छ । उपचार खर्चका कारण स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनुपर्ने अवस्था कम गर्न यस्ता सहुलियत कार्यक्रम प्रभावकारी भएको संस्थाको विश्वास छ ।

संस्थाका सञ्चालक सरोज खनाल स्वास्थ्य क्षेत्रलाई केवल व्यवसायको दृष्टिले नभई सामाजिक सेवाको महत्त्वपूर्ण माध्यमका रूपमा हेर्नुपर्ने बताउँछन् । स्थानीय स्तरमै आधुनिक प्रविधिसहितको गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यका साथ नियोन मल्टिस्पेसियालिटी सेन्टर स्थापना गरिएको उनको भनाइ छ ।

बिरामीले सामान्य स्वास्थ्य समस्याका लागि समेत काठमाडौँ, पोखरा वा अन्य ठुला सहर जानुपर्ने अवस्थाको अन्त्य गर्दै आफ्नै क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्यका साथ संस्था सञ्चालन गरिएको उनले बताए ।

“हामीले उपचारलाई केवल सेवा बिक्रीको माध्यमका रूपमा होइन, समाजप्रतिको जिम्मेवारीका रूपमा लिएका छौँ,“ सञ्चालक खनाल भन्छन्, “स्थानीय नागरिकले आफ्नै ठाउँमा सहज, सुलभ र गुणस्तरीय उपचार सेवा पाउनुपर्छ भन्ने सोचका साथ हामी अगाडि बढिरहेका छौँ ।“

त्यसै गरी अर्का सञ्चालक महेश पौडेल समुदायको विश्वास नै संस्थाको सबैभन्दा ठुलो सम्पत्ति भएको बताउँछन् । छोटो अवधिमै विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र सेवाप्रतिको प्रतिबद्धताका कारण नागरिकको भरोसा जित्न सफल भएको उनको भनाइ छ ।

भविष्यमा थप विशेषज्ञ सेवा विस्तार गर्दै ग्रामीण तथा विपन्न समुदायसम्म स्वास्थ्य सेवा पु¥याउने योजनामा संस्था अघि बढिरहेको उनले जानकारी दिए । “बिरामीको सन्तुष्टि नै हाम्रो सफलताको मापन हो,“ पौडेल भन्छन्, “आगामी दिनमा थप विशेषज्ञ चिकित्सक, नयाँ प्रविधि र थप सेवा विस्तारमार्फत स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेका छौँ ।“

नियोन मल्टिस्पेसियालिटी सेन्टरले आगामी दिनमा सेवा विस्तारका साथै आधुनिक उपकरण थप गर्ने, विशेषज्ञ जनशक्ति वृद्धि गर्ने तथा स्वास्थ्य सेवामा नवीनतम प्रविधि भित्र्याउने योजना बनाएको छ । गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक उत्तरदायित्व, अनुभवी चिकित्सक र आधुनिक प्रविधिको संयोजनमार्फत संस्थाले क्षेत्रीय स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

विशेषज्ञ चिकित्सकको अनुभव, आधुनिक प्रविधिको प्रयोग, बिरामी मैत्री वातावरण र सेवाप्रति समर्पित व्यवस्थापनका कारण नियोन मल्टिस्पेसियालिटी सेन्टर अहिले रुपन्देही तथा आसपासका जिल्लाका नागरिकका लागि भरोसायोग्य स्वास्थ्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

स्वास्थ्य सेवामा विश्वास, गुणस्तर र पहुँचलाई एकसाथ जोडेर अघि बढिरहेको यो संस्था आगामी दिनमा पनि समुदायको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण साझेदार बन्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?