Butwal Today

पश्चिम बङ्गालमा कम्युनिष्ट र काँग्रेस किन बढारिए ?

२२ बैशाख २०८३, मंगलवार
अ+
अ-

कार्लमाक्र्स एक समाज सुधारक महान् दार्शनिक हुन् । यसमा कुनै शङ्का नै छैन । उनको दर्शनले जनतालाई पहिले भौतिक आनन्द देऊ भन्दछ । रसियाका लेलिन पनि त्यस्तै खालले नै अगाडि बढेका हुन् ।

चीनका माओको दर्शन लिएर अगाडि बढेको चीन कहाँ पुग्यो ? त्यो हामी सबैले अनुभव गरेकै विषय हो । स्थान र समय अनुसार आएका उनीहरूका समाज सुधारका विषयलाई नबुझिकन गलत टिप्पणी गर्नु भनेको अज्ञानताको पराकाष्टा नै हो ।

तर उनीहरूका समाज सुधारका भौतिक दर्शनलाई विशेषतः नेपाल भारत लगायतका केही देशहरूमा केहीबाट सत्तारोहणको माध्यममात्र नभएर विदेशी विधर्मीहरूको इशारामा यहाँका प्राचीन धर्म, संस्कार र संस्कृति निमिट्यान्न पारी यहाँ विस्तारै ईसाइयत र मुस्लिमीकरण गर्ने योजनामा नै प्रयोग गरियो ।

त्यसैले ती महान् दार्शनिहरूको नाम लिएर यहाँका पार्टीहरूको नामकरण गर्दै नीति, नियम र योजना विशाल खालका बनाइएपनि ती पार्टीहरूको उद्देश्य कम्युनिष्ट दर्शनसँग सम्बन्धित भई यहाँ जनतालाई भौतिक सुख दिने खालका भएनन् ।

त्यसैले यहाँका हाम्रा सनातन धर्म परम्पराका विरुद्ध गरिने उनीहरूको कार्यको नामकरण निष्ठता र अनुशासनविहिन कम्युनिष्ट भनी परिभाषित गर्दा उपयुक्त हुने खालको देखियो ।

उनीहरूको काम भनेको देशका जनतालाई भौतिकताको आनन्द दिने भन्ने तर काम चाहिँ धार्मिक नीति नियमका विरुद्ध बोल्न लगाउने, मिलेर बसेका जनतालाई भाषाका नाममा, सम्प्रदायका नाममा एवम् भूगोलका नाममा टुटफुट पार्ने खालका मात्र भए । वाममार्ग भनेर राममार्गलाई चाहिँ विरोध गर्न सिकाउने खालका भए ।

यसै प्रसङ्ग अनुसार भरखरमात्र यस्तै दलीय अभ्यासमा लागेर स्वार्थ पूरा गर्दै पुनः मधेशका नाममा देशलाई भङ्ग पार्ने खालले काम गर्दै आएका उपेन्द्र यादवले नेपाली भाषापारीबाट आएको तर मैथिली भाषामात्र यहाँको रैथाने भाषा भएको कुरा गरेका छन् । यी मूर्खानन्दलाई मैथिली र नेपाली भाषाकी आमा एउटी हुन् भन्ने थाहा हुँदाहुँदै पनि उही नानीदेखिको दुष्टताको बानी अझै धङ्धङीका रूपमा छँदैछ ।

यस्तै खालका भाषाको प्रयोग पूर्व प्रधानमन्त्रीसम्मले पनि गर्ने गरेका छन् । उनीहरूको उद्देश्य देशलाई बन्दगी राखेर जसरी पनि सत्तारोहण गर्ने खालको मात्र भयो । नेपालमा जस्तैगरी भारतको पश्चिम वंगालमा कम्युनिष्टको शासन चल्यो ।

समाज सुधारका नाममा महान् दार्शनिकहरूका नाम बेचेर आएको सरकारले ३४ वर्षसम्म शासन गर्यो । ज्योति वसु एक्लैले लगभग २४ वर्ष शासन गरे भने त्यसपछि आएका बुद्धदेव भट्टाचार्यले पनि लगभग १० वर्ष शासन गरे । उनीहरूले स्वार्थका लागिमात्र शासन गरे । प्रशासनलाई नीति नियममा लगेर जनतालाई अमनचैनको शासनमा लैजान सकेनन् ।

बढ्दो धर्मान्तरणलाई फाइदा पुग्ने गरी हिन्दु धर्म र संस्कारको विरोधमात्र गरे । नेपालमा जसरी पछ्यौटेपनको कारण नै हिन्दू धर्म हो भन्ने खालले यहाँका नेताजीहरूले प्रचार गरिरहेका हुन्छन् त्यस्तै त्यहाँपनि देखियो । जनता जस्ताको तस्तै मजदुरका रूपमा रहिरहे भने शासकहरूको दिनचर्या नेपालका कमनिष्ट नेताहरूको जस्तो सुटेडबुटेड हुनपुग्यो ।

संसारका मजदुर एक हौँ भन्ने नाराकै छत्रछायाँमा जनतालाई शासन गरिरहे । जनता देशको धर्म, संस्कार अनुकुल सुशिक्षित भए भने त फेरि सत्ता बाहिर जानुपर्ने होला भन्ने त्रास उनीहरूमा सधैँभरी रह्यो । त्यसैले त उनीहरूले विकासका काम कसरी गर्ने भन्ने विचार नै गर्न भ्याएनन् ।

सनातन धर्मलाई अफिमका रूपमा प्रचार गर्ने उनीहरूको शासनकालमा धर्मान्तरितहरूको चर्चको संख्या भने उल्लेख्य बृद्धि भइरह्यो । धर्मान्तरण बढेको बढ्यै भयो तर सनातनीहरूको संख्या दिन प्रतिदिन घट्दै गयो ।

त्यसपछि तृणमुल काङ्ग्रेसकी नेतृ ममता वनर्जी पश्चिम वंगालको मुख्यमन्त्रीका रूपमा आइन् । सन् १९९८ सम्म काङ्ग्रेस आइबाटै राजनीति गरिरहेकी उनी त्यसपछि तृणमुल कांङ्ग्रेस गठन गरी नेतृकी रूपमा आएकी थिइन् ।

पश्चिम वंगालबाट कम्युनिष्ट शासनलाई हराउन त उनको प्रमुख हात रह्यो । बाजपेयी सरकारमा समेत सामेल भएकी उनी वंगालकै दिदीकै रूपमा पनि सम्मान पाइन् । तर उनको र त्यहाँबाट सत्ताच्युत कम्युनिष्टहरूको नीतिमा खासै फरक नपाउँदा पश्चिम वंगालका जनताले पनि उनलाई विदा गर्ने लगभग निश्चित भइसकेको छ ।

भाजपाको स्पष्ट बहुमत आएको छ । नेपालमा कम्युनिष्ट र काङ्ग्रेसमा कुनै फरक नभएजस्तै त्यहाँपनि ममता र बुद्धदेवमा पनि फरक नपाउँदा उनी जनताबाट तिरस्कृत हुन पुगेकी छिन् । पुरानो कम्युनिष्ट शासनले जस्तैगरी उनले पनि पश्चिम वंगालमा स्थानीय धर्म संस्कार अनुकुलको विकास गर्न सकिनन् ।

कसरी सत्तामा पुग्ने भन्ने योजना बाहेक उनीसँग विकासको ठोस नारा हुन सकेन । वंगलादेशीहरूलाई त्यहाँका नागरिकका रूपमा स्थापित गर्दै उनीहरूलाई प्रयोग गरेर आफु सधैँभरी मुख्यमन्त्रीका रूपमा रहिरहने खालले मात्र कार्य गर्दै गइन् ।

सीमामा आतङ्क भइरहँदा सत्य कुरा बोल्न सकिनन् । वंगलादेशमा हिन्दू मारिरहँदा पनि कत्ति बोलिनन् । भाजपा केन्द्रमा हुँदा विहारका नीतिशकुमारले जस्तै केन्द्रसँग मिलेर विकासका काममा खटाई गर्न सकिनन् ।

उल्टो जनताको प्रिय भइरहेको भाजपा र मोदीलाई विनासित्तै गालीमात्र गरिन् । त्यसैले उनले पनि पश्चिम वङ्गालबाट विदा लिनुपरेको अवस्था देखिएको छ । १५ वर्षसम्म जनताले सोँचे अनुकुल काम गर्न नसकेको उनको पार्टीले नराम्ररी पराजय भोग्नु परेको छ । चुनाव प्रसङ्ग अनुसार तमिलनाडुबाट पनि सनातन धर्म विरोधी स्टालिन पनि सत्ताच्युत हुँदैछन् ।

भाजपाले त्यो स्थानमा यसपटक पनि लय मिलाउन नसकेको अवस्था रहेको छ । तर अधिकांश क्रिश्चियन गराइएको सो प्रदेशमा फिल्म अभिनेता विजय मुख्यमन्त्री बन्लान् जस्तो देखिएको छ ।

अतः अन्त्यमा दार्शनिक कार्लमाक्र्स आदि भौतिक दार्शनिकहरूका नाममा चलाइएका सनातन धर्म संस्कार विरोधी दोकानहरूको अन्त्य नेपालबाट भइसकेको अवस्थामा भारतबाट पनि लगभग हुने भएको छ ।

घरघरमा आफ्ना पितृहरूका फोटा पुज्नुपर्नेमा तिनै तिनै स्थानका लागि भौतिक विकास गर्न ल्याइएका सम्बन्धित दार्शनिकवादका विदेशी फादरहरूका फोटोहरू सर्वसाधारणहरूले आ–आफ्ना घरबाट निकाल्न थालून् ।

आफ्नो धर्म, संस्कार र संस्कृति नै सबैभन्दा ठूलो रहेछ भन्ने बुझ्दै नेपाल एवम् भारतका देशप्रेमी नागरिकहरू मदर–टेरेसावादबाट मुक्त भई योगी नरहरिनाथ र विवेकानन्दवादमा रम्नका लागि वैदिक साम्यवाद र वैदिक समाजवादको अध्ययन गर्न थालून् । क्रिस्तानपन्थ र मुल्लापन्थको छद्म भेषमा व्यापार गर्दै आएको वामपन्थ छोडेर रामपन्थमा लागून् । जय होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?