Butwal Today

मेडिटेकः प्राविधिक शिक्षाको विश्वसनीय गन्तव्य

२० बैशाख २०८३, आइतबार
अ+
अ-

बुटवल । बुटवल उप–महानगरपालिका वडा नं. १०, कालिकानगरमा अवस्थित मेडिटेक एकेडेमी तथा मेडिटेक टेक्निकल कलेज पछिल्ला वर्षहरूमा यस क्षेत्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै आएको छ ।

गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षामा जोड दिँदै आएको यस संस्थाले विद्यालय तहदेखि प्राविधिक तथा स्वास्थ्यसम्बन्धी शिक्षासम्म समेटेर विद्यार्थीहरूलाई सक्षम र प्रतिस्पर्धी बनाउने काम गरिरहेको छ ।

मेडिटेक एकेडेमी आधुनिक प्रविधिको प्रयोगमार्फत अध्ययन–अध्यापन गरिने नेपालकै पहिलो डिजिटल स्कुलका रूपमा परिचित छ । यहाँ मन्टेश्वरीदेखि माध्यमिक तहसम्मका कक्षाहरू सञ्चालन भइरहेका छन्, जहाँ बालमैत्री वातावरण, प्रविधिमैत्री कक्षा कोठा र प्रयोगात्मक सिकाइ विधिलाई विशेष प्राथमिकता दिइन्छ ।

परम्परागत घोकन्ते शिक्षाभन्दा फरक, विद्यार्थीको सृजनशीलता, आत्मविश्वास र व्यवहारिक सीप विकासमा जोड दिइने भएकाले यहाँको शिक्षण प्रणाली प्रभावकारी मानिन्छ ।

वि.सं.२०६४ सालमा स्थापना भएको यस संस्थाले छोटो समयमै शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । “एजुकेसन फर क्रिएशन” भन्ने मूल भावनालाई आत्मसात् गर्दै विद्यालयले विद्यार्थीलाई ज्ञान मात्र होइन, जीवन उपयोगी सीप र सकारात्मक सोच विकास गर्ने दिशामा अघि बढाएको छ ।

अतिरिक्त क्रियाकलाप, अनुशासन, नैतिक शिक्षा र संस्कारयुक्त शिक्षामा विशेष ध्यान दिइनु यहाँको अर्को महत्त्वपूर्ण विशेषता हो । प्राविधिक शिक्षा तर्फ, मेडिटेक टेक्निकल कलेजले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

२०७० सालदेखि ल्याब टेक्नोलोजी (सिएमएलटी) र २०७२ सालदेखि जनरल मेडिसिन (एचए) कार्यक्रम सुरु गरिएको हो । यी कार्यक्रमहरू सम्बन्धित निकायहरूसँग आबद्ध भई उनीहरूकै पाठ्यक्रमअनुसार सञ्चालन भइरहेका छन् ।

कलेजको आफ्नै ५१ शैय्याको ‘मेडिटेक इन्टरनेशनल हस्पिटल एन्ड रिसर्च सेन्टर’ सञ्चालनमा रहेको छ, जसले विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा अस्पतालमै अभ्यास गर्ने अवसर प्रदान गर्दछ ।

यसले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप सिक्न सहज बनाएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूले आधुनिक उपकरणसहितको प्रयोगशालामा नियमित अभ्यास गर्ने अवसर पाउँछन्, जसले उनीहरूलाई वास्तविक कार्यक्षेत्रमा आत्मविश्वासका साथ काम गर्न सक्षम बनाउँछ ।

यसका साथै, विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गरी इंटर्नसिपको व्यवस्था पनि गरिएको छ । यसले विद्यार्थीहरूलाई अध्ययनकै क्रममा व्यावसायिक अनुभव हासिल गर्न सहयोग पु¥याउँछ ।

अनुभवी तथा दक्ष प्रशिक्षकहरूको टोलीद्वारा अध्यापन गरिने भएकाले सिकाइ प्रक्रिया अझ प्रभावकारी र गुणस्तरीय बनेको सञ्चालकहरूको भनाइ छ ।

मेडिटेकले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ । आर्थिक रूपमा कमजोर तथा मध्यम वर्गीय परिवारका विद्यार्थीहरूलाई पनि सहज पहुँच दिन छात्रवृत्ति तथा विशेष छुटको व्यवस्था गरिएको छ ।

प्रतिभावान तथा मेहनती विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने नीति अपनाइएकाले धेरै विद्यार्थीहरूका लागि यो संस्था आकर्षणको केन्द्र बनेको छ । विद्यार्थीहरूको शैक्षिक विकाससँगै व्यक्तित्व विकास, नेतृत्व क्षमता, अनुशासन र नैतिक शिक्षामा समेत विशेष जोड दिइन्छ ।

नियमित रूपमा सेमिनार, अभिमुखीकरण कार्यक्रम तथा करियर काउन्सेलिङ सञ्चालन गरी विद्यार्थीहरूलाई भविष्यप्रति सचेत र आत्मनिर्भर बनाउने प्रयास गरिन्छ । यसले विद्यार्थीहरूलाई केवल प्रमाणपत्रधारी होइन, समाजप्रति उत्तरदायी नागरिकका रूपमा तयार पार्ने लक्ष्य लिएको देखिन्छ ।

मेडिटेक टेक्निकल कलेजले निकट भविष्यमा फार्मेसी, एनिमल साइन्स र प्लान्ट साइन्स कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरिरहेको छ । यसले प्राविधिक शिक्षाको दायरा अझ फराकिलो बनाउँदै विविध क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । साथै, अन्तर्राष्ट्रिय स्तरको १०० शैय्याको अस्पताल स्थापना गर्ने दीर्घकालीन योजना पनि अघि सारिएको छ, जसले स्वास्थ्य सेवा र शिक्षालाई एकीकृत रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

देशमा बढ्दो ‘ब्रेन ड्रेन’ अर्थात् दक्ष जनशक्तिको विदेश पलायन र बेरोजगारी जस्ता समस्यालाई ध्यानमा राख्दै मेडिटेकले व्यवहारिक र रोजगारमुखी शिक्षा प्रदान गर्ने नीति लिएको छ । यसले विद्यार्थीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।

मेडिटेक एकेडेमी र टेक्निकल कलेज बुटवल क्षेत्रमा स्वास्थ्यसम्बन्धी प्राविधिक शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि एक भरपर्दो शैक्षिक गन्तव्यको रूपमा स्थापित भइसकेको छ । गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार, अनुभवी शिक्षक र व्यवहारिक सिकाइ प्रणालीका कारण यस संस्थाले समाजमा सकारात्मक प्रभाव पार्दै आएको छ ।
‘दक्ष जनशक्ति तयार गर्न हर सम्भव प्रयासरत छौँ’ आज जे रोपिन्छ, भोलि त्यही फल पाइन्छ” भन्ने उखान शिक्षामा झन् बढी लागू हुन्छ । शिक्षाको वास्तविक मूल्य त्यसको व्यवहारिक प्रयोगमा निहित हुन्छ ।

त्यसैले सही शैक्षिक संस्थाको छनोट गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ । मेडिटेकले विद्यार्थीहरूको करियर विकासका लागि ठोस आधार तयार गर्ने, उनीहरूलाई विभिन्न ज्ञान र सीपमा सक्षम बनाउने उद्देश्यका साथ काम गरिरहेको छ ।

हामी २०६४ सालदेखि निरन्तर रूपमा शिक्षा सेवामा समर्पित छौँ । हाम्रो लक्ष्य स्पष्ट छ–गुणस्तरीय, सान्दर्भिक र व्यवहारिक शिक्षा प्रदान गर्नु । यस यात्रामा विद्यार्थी, अभिभावक, नागरिक समाज र बुद्धिजीवीहरूको साथ र विश्वास हाम्रो लागि सबैभन्दा ठुलो पुँजी हो ।

हामी कडा मेहनतमा विश्वास गर्छौँ र विद्यार्थीप्रति पूर्ण रूपमा प्रतिबद्ध छौँ । दक्ष, सक्षम र व्यावसायिक जनशक्ति उत्पादन गर्नु हाम्रो प्रमुख उद्देश्य हो । भोलिका दिनमा यिनै विद्यार्थीहरूले समाज र राष्ट्रको सेवा गर्नेछन् भन्ने विश्वास हामीमा छ ।
तर, सफलताको यात्रा केवल संस्थाको प्रयासले मात्र सम्भव हुँदैन ।

विद्यार्थी र अभिभावकको समान प्रतिबद्धता, इमानदारिता र निरन्तर मेहनत आवश्यक हुन्छ । २१औँ शताब्दीका सक्षम नागरिक बन्नका लागि यी गुणहरू अपरिहार्य छन् ।

हामी निकट भविष्यमा पशु विज्ञान, वनस्पति विज्ञान र फार्मेसी विषयमा कलेज विस्तार गर्ने लक्ष्यमा छौँ । साथै, अन्तर्राष्ट्रिय स्तरको १०० शैय्याको अस्पताल स्थापना गर्ने हाम्रो दीर्घकालीन योजना पनि रहेको छ । देशमा बढ्दो मस्तिष्क पलायन रोक्न र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न हामी निरन्तर प्रयासरत छौँ ।

म सम्पूर्ण शिक्षक, कर्मचारी र हाम्रो टिमप्रति गर्व गर्दछु । संस्थाको सफलतामा सबैको साझा योगदान आवश्यक हुन्छ । अन्त्यमा, हामीप्रति विश्वास गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

तपाईँले आफ्नो पहिलो रोजाइ मेडिटेकलाई बनाउनुभएको छ भने, तपाईँले निश्चय नै उत्कृष्ट शैक्षिक गन्तव्य रोज्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?