Butwal Today

लुम्बिनी प्रादेशिक अस्पतालको १० वर्षे रणनीतिक मार्गचित्र

१९ बैशाख २०८३, शनिबार
अ+
अ-

पृष्ठभूमिः ऐतिहासिक विरासतदेखि प्रादेशिक गौरवसम्म
आजभन्दा ११६ वर्ष अगाडि, जतिबेला चिकित्सा सेवा सामान्य नागरिकका लागि पहुँचभन्दा बाहिरको एउटा ‘मृगतृष्णा’ जस्तो थियो, त्यस्तो कठिन परिस्थितिमा विक्रम संवत् १९६७ मा ‘बुटवल अस्पताल’ को स्थापना भएको थियो। तत्कालीन पाल्ही, माझखण्ड रशिवराज खजहनी (हालका ४ जिल्ला) लाई समेट्ने पवित्र उद्देश्यले स्थापित यो संस्था विकासका विभिन्न उकाली–ओराली पारगर्दै २०२४ सालमा ५० शैयाको ‘अञ्चल अस्पताल’ मा रूपान्तरित भयो ।

संघीयताको कार्यान्वयनसँगै यसले ‘लुम्बिनी प्रादेशिक अस्पताल’ को नयाँ पहिचान प्राप्त गरेको छ । आज यो अस्पताल केवल एक उपचारकेन्द्र मात्र होइन, बरु यस क्षेत्रको स्वास्थ्य सुरक्षाको एउटा बलियो रभरोसायोग्य खम्बाको रूपमा ठिङ्ग उभिएको छ ।

यो अस्पताल स्वास्थ्य क्षेत्रको बलियो खम्बा मात्र होइन, बुटवल रसमग्र लुम्बिनी प्रदेशलाई एउटा गतिशील आर्थिक केन्द्रको रूपमा स्थापित गर्नका लागि समेत उत्तिकै महत्वपूर्ण आधारस्तम्भ बन्दैछ। अस्पताल जति सुविधासम्पन्न रव्यवस्थित हुन्छ, त्यति नै यसले जनशक्ति आकर्षण, स्वास्थ्य पर्यटन रव्यापारिक चलायमानता बढाउँछ ।

बुटवललाई स्तरोन्नति गरेरमहानगरको अवधारणा अघि बढाइएको वर्तमान परिप्रेक्ष्यमा यस अस्पतालको योगदान रभूमिका थप ओजपूर्ण रअपरिहार्य हुने निश्चित छ ।

वर्तमान आवश्यकता रविश्वव्यापी दृष्टिकोण
सेवाग्राहीको निरन्तरबढ्दो चाप रसेवा प्रवाह बीचको वैज्ञानिक तारतम्य मिलाउनु अहिलेको मुख्य चुनौती हो । अबको हाम्रो गन्तव्य आधारभूत स्वास्थ्य सेवामा मात्र सीमित रहनु हुँदैन । हामीले विशिष्टीकृत सेवा प्रवाहका साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ट रदक्ष जनशक्ति उत्पादनमा समेत जोड दिनुपर्ने बेला आएको छ ।

यसका लागि लुम्बिनी प्रदेशभररहेका जिल्ला तथा स्थानीय स्तरका स्वास्थ्य संस्थाहरूलाई पनि सोही गतिमा स्तरोन्नति गर्न आवश्यक छ । जनशक्तिको उचित व्यवस्थापन, प्रविधिमैत्री कार्यप्रणाली रएकीकृत स्वास्थ्य सूचना प्रणालीमार्फत मात्र हामीले एक सफल ‘हेल्थ नेटवर्क’ निर्माण गर्न सक्छौँ ।

१. अस्पतालको विस्ताररनयाँ गन्तव्यः आधुनिक पूर्वाधार
प्रजातन्त्रको उदय रत्यसपछिका राजनीतिक परिवर्तनसँगै बुटवल अस्पतालले पूर्वाधारविकासमा ऐतिहासिक फड्को मारेको छ । हाल निर्माणाधीन १२०० शैया क्षमताको १२ तले अत्याधुनिक भवन यसको जीवन्त उदाहरण रहाम्रो सपनाको मूर्त रूप हो । आगामी ३ वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको यो विशाल संरचनाले केवल उपचारको दायरा मात्र बढाउने छैन, यसले अस्पताललाई एउटा उत्कृष्ट ‘अनुसन्धान केन्द्र’ को रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य बोकेको छ ।

हाम्रो दृढ संकल्प छ कि यो भवन सम्पन्न भएपछि हामीले विदेश पलायन भइरहेका विशेषज्ञ चिकित्सक रविद्यार्थीहरूलाई यहीँ आकर्षित गर्नेछौँ । यहाँबाट उत्पादित विशेषज्ञ जनशक्तिले राष्ट्रिय स्वास्थ्य प्रणालीमा गुणात्मक योगदान पु¥याउनेछन् रउपचारका लागि राजधानी वा विदेश धाउनुपर्ने बाध्यताको अन्त्य गर्नेछन् ।

२. विकासमा सामुदायिक रसंस्थागत सहकार्यको मोडेल
अस्पतालको आजको स्वरूप निर्माण हुनुमा सामूहिक प्रयासको ठूलो भूमिका छ । भौतिक विकास, वातावरणीय संरक्षण रसेवा विस्तारको यात्रामा तत्कालीन बुटवल नगरपालिका (हाल उपमहानगरपालिका), बुटवल उद्योग वाणिज्य संघ, स्थानीय विकासप्रेमी दाताहरू, सामाजिक संस्थाहरू रअस्पतालका समर्पित चिकित्सक एवं कर्मचारीहरूको योगदान अतुलनीय छ ।

सामुदायिक स्वामित्व रसरकारी उत्तरदायित्वको यो अनुपम सङ्गम नै अस्पतालको भविष्यको ऊर्जा हो। आगामी १० वर्षमा हामीले ‘सार्वजनिक–निजी–साझेदारी’ (पीपीपी) मोडेललाई कसरी सेवाको गुणस्तरमा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा थप अध्ययन गर्नेछौँ ।

३. विद्यमान चुनौती रव्यवस्थापनको रणनीतिक कार्यभार
प्रदेश सरकारको ‘गौरवको आयोजना’ को रूपमा रहेको यस अस्पतालले गुणात्मक सेवा प्रवाहमा केही गम्भीरचुनौतीहरूको सामना गरिरहेको छ, जसलाई १० वर्षे मार्गचित्रले निम्न अनुसारसम्बोधन गर्नेछः
संस्थागत सुधाररसुशासनः कर्मचारीहरूबीच मनोपरामर्श, स्पष्ट कार्यविभाजन, व्यक्तिगत जवाफदेहिता रप्रभावकारी डिजिटल अनुगमन प्रणालीको विकास गरिनेछ । ’काम गर्नेले पुरस्काररनगर्नेले दण्ड’ पाउने पद्धतिको विकास नै हाम्रो प्राथमिकता हो ।

सेवाको सरलीकरण रबिरामीमैत्री व्यवहारः अस्पतालमा आउने बिरामी शारीरिक मात्र होइन, मानसिक रूपमा पनि कमजोरहुन्छन् । त्यसैले झन्झटिलो प्रशासनिक प्रक्रियालाई न्यूनीकरण गरी पूर्ण रूपमा डिजिटल दर्ता रटोकन प्रणालीमार्फत ‘बिरामीमैत्री वातावरण’ निर्माण गरिनेछ ।

पूर्वाधाररउपकरणको दिगोपनः ओ.पी.डी, आकस्मिक, शल्यक्रिया रप्रसूति विभागमा बढ्दो चापलाई मध्यनजरगर्दै ’ब्याकअप’ सहितका अत्याधुनिक उपकरणको उपलब्धता रतिनको नियमित मर्मतसम्भार(एएमसी) को ग्यारेन्टी गरिनेछ ।

४. आर्थिक स्रोत, आत्मनिर्भरता रगुणात्मक प्रतिस्पर्धा
निजी स्वास्थ्य संस्थाहरूसँगको प्रतिस्पर्धालाई हामीले सकारात्मक रूपमा लिएका छौँ । तर, सरकारी अस्पतालले सहुलियत दरमा उच्चस्तरीय विशेषज्ञ सेवा प्रदान गर्नु राज्यको दायित्व हो। केवल न्यून सेवा शुल्कले मात्र अस्पतालको दिगो विकास रअत्याधुनिक प्रविधिको विस्तारसम्भव छैन ।

यसका लागि अस्पताललाई बिस्तारै आत्मनिर्भरबनाउन ’पेइङ सेवा’ को प्रभावकारी सञ्चालन, सरकारी अनुदानको पारदर्शी उपयोग रआन्तरिक आयको समुचित सन्तुलन मिलाइनेछ । अस्पतालको आम्दानीलाई पुनः अस्पतालकै प्रविधि रजनशक्ति विकासमा लगानी गर्ने नीति लिइनेछ ।

५. आगामी १० वर्षे रणनीतिक कार्यदिशा 
यस अस्पताललाई देशकै अग्रणी स्वास्थ्य रशैक्षिक संस्था बनाउन आगामी एक दशकमा हामीले निम्न पाँचवटा प्रमुख खम्बाहरूमा काम गर्नुपर्नेछः

क) जनशक्ति व्यवस्थापन रवृत्ति विकासः
अस्पतालमा लामो समयदेखि कार्यरत करिब ७५० अस्थायी, कराररज्यालादारी कर्मचारीहरूको भविष्य ररोजगारीको सुनिश्चितता हाम्रो मुख्य चासो हो । उनीहरूको सेवाको उचित मूल्यांकन रस्वामित्व ग्रहण गर्न विशेष नीतिगत निर्णय गरी ‘सुरक्षित भविष्य’ को ग्यारेन्टी गरिनेछ, जसले गर्दा कर्मचारीमा संस्थाप्रतिको अपनत्व बढ्नेछ ।

ख) मापदण्ड अनुसारको दरबन्दी सुनिश्चितताः
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) रनेपाल सरकारको मापदण्ड अनुसार, हालको बिरामीको चाप र२०७८ को ओएण्डएमका आधारमा अस्पताललाई प्रभावकारी रूपमा चलाउन तत्काल १६०० दक्ष जनशक्तिको दरबन्दी सुनिश्चित गरिनुपर्छ । यसका लागि प्रदेश सरकारसँग निरन्तरसमन्वय गरी दरबन्दी स्वीकृतिको प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याइनेछ ।

ग) विशिष्टीकृत सेवाको विस्तारः
नयाँ १२ तले भवन सञ्चालनमा आएसँगै हामीले लुम्बिनी प्रदेशमै पहिलो पटक मुटु रोग, मृगौला प्रत्यारोपण सहितको (ल्भउजचययिनथ) रक्यान्सरजस्ता जटिल रोगहरूको पूर्ण विशिष्टीकृत उपचारसेवा सुरु गर्नेछौँ । यसले गर्दा उपचारकै लागि भारत वा काठमाडौँ जानुपर्ने आर्थिक भारकम हुनेछ ।

घ) शैक्षिक प्रतिष्ठानः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानः
अस्पतालको दिगो विकासका लागि केवल सेवा मात्र पर्याप्त छैन। यसलाई ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान’ को रूपमा विकास गरी एम.बी.बी.एस, एम.डी÷एम.एस जस्ता उच्च शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिनेछ । यसले अस्पताललाई शैक्षिक रप्राज्ञिक केन्द्र बनाउनुका साथै जनशक्ति अभावको दीर्घकालीन समाधान दिनेछ ।

ङ) वैज्ञानिक प्रेषण रनेटवर्किङः
दैनिक २५०० भन्दा बढी बिरामीको चापलाई एउटै केन्द्रमा मात्र सीमित गर्दा सेवाको गुणस्तरखस्कन सक्छ । त्यसैले छिमेकी जिल्ला रनगरअस्पतालहरूलाई ’हब एण्ड स्पोक’ मोडलमा सुदृढ गरी प्रेषण प्रणालीलाई व्यवस्थित बनाइनेछ । सामान्य उपचारस्थानीयस्तरमै हुने रजटिल केस मात्र यहाँ आउने वातावरण मिलाइनेछ ।

६. राज्यसँगको अपेक्षा रआवश्यक नीतिगत सुधार
राष्ट्रिय स्वास्थ्य नीतिको सफल कार्यान्वयनका लागि अस्पताल विकास समितिले संघीय रप्रदेश सरकारसँग निम्न बुँदामा स्पष्ट सहयोगको अपेक्षा गरेको छः

स्वास्थ्य बीमाको पुनरावलोकनः स्वास्थ्य बीमा कार्यक्रमलाई झन्झटरहित बनाउन सफ्टवेयरमा सुधाररभुक्तानी प्रक्रियालाई थप सरल बनाउन आवश्यक छ । साथै, निजी क्षेत्रको सामाजिक उत्तरदायित्व (सीएसआर) लाई स्वास्थ्य क्षेत्रमा अनिवार्य लगानी गर्ने वातावरण बनाइनुपर्छ ।

प्रोत्साहन प्याकेज रसुरक्षाः स्वास्थ्यकर्मीहरूको ‘अन कल ड्युटी’, ‘राउन्ड’ रथप ‘ओभरटाइम’ लाई सम्बोधन गर्न स्पष्ट नियमावली वा कार्यविधि अविलम्ब ल्याइनुपर्दछ । चिकित्सकहरूलाई अस्पतालमै टिकाइराख्न वृत्ति विकास रआर्थिक प्रोत्साहनका विशेष कार्यक्रमहरू आवश्यक छन् ।
बजेट रउपकरणको अग्रिम सुनिश्चितताः निर्माणाधीन भवनका लागि आवश्यक पर्ने एम.आर.आई, क्याथ ल्याब जस्ता अर्बौँका उपकरणहरू भवन सम्पन्न हुनु अगावै खरिद प्रक्रियामा लैजान रजनशक्ति व्यवस्थापनका लागि अग्रिम बजेटको स्रोत सुनिश्चित गरिनुपर्छ ।

निष्कर्ष
लुम्बिनी प्रादेशिक अस्पताल केवल इँटा रसिमेन्टको संरचना वा उपचारकेन्द्र मात्र होइन, यो लुम्बिनी प्रदेशको समृद्धि, आत्मविश्वास रआधुनिकताको सूचक पनि हो। हाम्रो यो १० वर्षे मार्गचित्रले प्राविधिक उत्कृष्टता, शैक्षिक विकास रमानवीय सेवालाई आफ्नो मूल मन्त्र मानेको छ ।

अस्पताललाई एउटा ‘आदर्श स्वास्थ्य संस्था’ बनाउने यो महाअभियानमा सरकारको दृढ इच्छाशक्ति, नागरिक समाजको निरन्तरखबरदारी रअस्पतालका कर्मचारीहरूको उच्च मनोबल रसामूहिक प्रयास अपरिहार्य छ । हामी सबैको साझा संकल्पबाट मात्र हामीले परिकल्पना गरेको ‘सुलभ, मर्यादित रस्तरीय स्वास्थ्य सेवा’ को महान लक्ष्य प्राप्त गर्न सकिनेछ।

हामी केवल सपना देख्दैनौँ, ती सपनालाई नागरिकको मुस्कानसँग जोड्ने कार्ययोजनासहित अगाडि बढिरहेका छौँ ।

(लेखकः लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?