© 2026
दमौली (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घ*टनामा ३१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस सडक छेउमा पल्टिएर दुर्घटना भएको हो ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले घाइते सबैलाई बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र लगिएको जानकारी दिए ।