Butwal Today
१४ औँ वार्षिकोत्सव (शिक्षा विशेष)

फरक पहिचान बनाउँदै सिटी क्याम्पस

१६ माघ २०८२, शुक्रबार
अ+
अ-

बुटवल

व्यवस्थापन फाँटतर्फ कूल २२५ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

त्यसका अतिरिक्त शान्ति र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा मास्टर तहको अध्ययन समेत हुँदै आएको छ । क्याम्पसले अर्को वर्षदेखि एमपिएको अध्ययन समेत सुरु गर्ने भएको छ ।

स्थापनाको ६ वर्षको सानो अवधिमै सिटी क्याम्पस बुटवल फरक पहिचान बनाउन सफल क्याम्पसको रूपमा विकास हुँदै गएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा स्थापना भएको यो सिटी क्याम्पसमा अध्यापन हुने विषय अरू क्याम्पसमा भन्दा भिन्न रहेकोले यसलाई अरूभन्दा फरक अर्थात् भिन्न क्याम्पस भन्दा अत्युक्ति हुँदैन ।

यो क्याम्पसमा अध्ययनरत विद्यार्थीले यसैबाट भविष्यको रेखा कोर्ने सुनौलो सपना बुन्न सफल हुँदै आएको क्याम्पसको नतिजाले पनि स्पष्ट गर्दछ । यो क्याम्पसमा बिए एलएलबी (पाँच वर्षे), १० सेमेस्टर रहेको यो विषयमा कानुन क्षेत्रको पेसागत शिक्षा प्रदान गरिन्छ ।

जसमा इन्टर्नसिप, अदालत नमुना अभ्यास (मूट कोर्ट) र कानुन सम्बन्धी व्यावहारिक ज्ञानहरू प्रदान गरिन्छ । अहिलेको रोजगारीको सम्भावना क्षेत्रसँग मिल्ने यो अध्ययनले विद्यार्थीलाई आकर्षित गरेको छ ।

क्याम्पसले स्थानीय र बाहिरबाट आउने विद्यार्थीहरू कसैलाई काखा पाखा नगरी अन्तर्राष्ट्रिय वातावरणको अनुभव दिने गरी अध्यापन गर्दै आएको दाबी गरेको छ । यो अर्थमा भन्न सकिन्छ कि शैक्षिक कार्यक्रम विद्यार्थीका लागि आकर्षक साबित भएको छ । यसले आफ्नो शैक्षिक पहिचान बनाउन खोजिरहेको छ ।

त्यसै गरी ब्याचलर इन ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम) अन्तर्गत पर्यटन, अतिथि सत्कार र यात्रा व्यवस्थापन क्षेत्रमा मध्यस्तर व्यवस्थापकीय क्षमता विकास गर्ने ४ वर्षे कार्यक्रम रहेको छ । जसबाट विद्यार्थीले पढाई सकेर सिधै रोजगारीमा जोडिने अवसर प्राप्त गर्छन् ।

यही क्याम्पसमा दुई बर्षे स्नातकोत्तर तहको: Master in Applied Buddhism प्रायोगिक बौद्ध अध्ययनको पढाइ हुन्छ । यो विश्वविद्यालयको अत्यधिक माग भएको कार्यक्रममध्ये एक हो ।

जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै किसिमका विद्यार्थीहरूले उच्च रुचिका साथ अध्ययन गर्दै आइरहेको क्याम्पसको भनाइ छ । यो पूर्वीय दर्शनका साथमा आधुनिक विश्वव्यापी शैक्षणिक पद्धतिको उत्कृष्ट संयोजन भएको क्याम्पसको दाबी छ ।

जसले सामाजिक, व्यावसायिक तथा शैक्षिक क्षेत्रहरूमा बौद्ध दर्शन कार्यान्वयनको अवसरका साथै विद्यार्थीहरूको शैक्षिक गन्तव्यलाई नयाँ उचाइ प्रदान गर्दछ । वार्षिक प्रणालीमा आधारित पाठ्यक्रम: सहज र झन्झट रहित अध्ययन, मिश्रित शिक्षण विधि, अनलाइन र भौतिक दुवै माध्यमबाट पढ्न सकिने, समकालीन विश्वका प्रश्नहरूको खोज र अनुसन्धान बौद्ध दर्शनको दृष्टिबाट गर्न सिकाइने, विशेषज्ञ प्राध्यापकहरूबाट कक्षा सञ्चालन, शिक्षाकर्मी, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता र नेतृत्व विकासका लागि अत्यन्त उपयोगी पाठ्यक्रम यो विषय र क्याम्पसको पनि विशेषता रहेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल का निर्देशक बद्रीप्रसाद शर्मा गौतमका अनुसार क्याम्पसको असल शैक्षणिक अभ्यास र विद्यार्थीको उच्च मेहनत र लगनशीलताका कारण प्रथम सुवासचन्द्र नेम्वाङ स्मृति राष्ट्रिय अभ्यास अदालत प्रतियोगितामा सिटी क्याम्पसका विद्यार्थीले तृतीय र पाँचौँ स्थान प्राप्त गर्न सफल भएका छन् ।

त्यसै गरी नेपाल बार काउन्सिलको परीक्षामा सिटी क्याम्पसकै विद्यार्थीले ७७ प्रतिशत नतिजा दिन सफलता प्राप्त गरी तृतीय र पाँचौँ स्थान हासिल गर्न सफल भएका छन् ।

त्यसै गरी भारतमा भएको अन्तर्राष्ट्रिय अभ्यास अदालतमा यही क्याम्पसका विद्यार्थीले प्रथम स्थान हासिल गरी यो क्याम्पसको गरिमा मात्रै स्थापित गरेनन्, सिटी क्याम्पसको शैक्षिक स्तरको पहिचान समेत विश्वसामु पस्किन सफलता प्राप्त गरेका छन् ।

अहिले बिएएलएलबीका पहिलो ब्याच पास आउट भैसकेको छ । निर्देशक गौतमको दाबी छ–सिटी क्याम्पसमा अध्यापन हुने विषय अरू क्याम्पस भन्दा फरक छ किनभने यो क्याम्पसमा अध्यापन हुने विषयमा बुद्ध दर्शन र पूर्वीय दर्शनलाई समावेश गरेर अभ्यास गराइन्छ । यो क्याम्पसमा बिएएलएलबी अध्ययन गरेका विद्यार्थीका लागि जहाँ पनि रोजगारीको ढोका खुल्ला जस्तै छ ।

नेपालमा समेत रोजगारीको प्रशस्त सम्भावना रहेको देखिन्छ । सरकारीदेखि निजी स्तरको हरेक क्षेत्रमा कानुनको विषय जोडिएको छ । जहाँ रोजगारीले विद्यार्थीलाई तानिरहेको छ ।

सिटी क्याम्पसमा विद्यार्थीहरूलाई व्यक्तिगत प्रतिभा उजागर गर्ने मौका दिने गरिएको कारण पनि यहाँ विद्यार्थीहरू बढी आकर्षित हुन्छन् । त्यसका अतिरिक्त क्याम्पसले पुस्तकालय, कम्प्युटर ल्याब, नमुना अभ्यास अदालत लगायतका माध्यमबाट विद्यार्थीहरूलाई प्रयोगात्मक, सिकाई पढाइमा मद्दत गर्दै आएको छ ।

यसका अतिरिक्त क्याम्पसले साधारण कला, सामाजिक विज्ञान सम्बन्धी विषयहरू समावेश गरेर विद्यार्थीलाई स्वदेश तथा विदेशमा रोजगारीको अवसर तथा आफै आफ्नो क्षेत्रमा व्यावसायिक बन्न सहयोग प्रदान गर्दै आएको छ ।

विशेष गरी कानुन र पर्यटन सम्बन्धी अध्ययनको अवसरले विद्यार्थीलाई रोजगारीको अवसरमा जोडिन सहयोग प्राप्त भइरहेको देखिएको छ । क्याम्पसले विद्यार्थीलाई इन्टर्नसिप, मूट कोर्ट र व्यावहारिक अभ्यासमा जोड दिने गरेको र विद्यार्थी जीवनमा क्लब, प्रतियोगिता र संस्कृति–सम्बन्धी कार्यक्रमहरूको व्यवस्था गरी अध्ययनलाई फरक बनाउने प्रयास गरिरहेको छ ।

त्यसै गरी क्याम्पसले भाषा, कला, खेलकुद, पर्यटन जस्ता ग्रुपहरू मार्फत विद्यार्थी र समुदायलाई जोड्ने गरिरहेको छ । जसबाट विद्यार्थीले केवल किताबी ज्ञान मात्रै होइन विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्त्व दिएको छ ।

यो क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरूले समेत सिटी क्याम्पस बुटवल विद्यार्थीको रोजाइमा पर्न सफल क्याम्पसको रूपमा चित्रण गर्दछन् । ‘रोजगार उन्मुख विषय र करिअर’ यो क्याम्पसको मुख्य विशेषता हो ।

क्याम्पसले स्टुडेण्ट एक्सचेन्ज कार्यक्रम अन्तर्गत चीनको नानहाई बुद्धिस्ट एकेडेमीमा विटिटिएम सातौँ र आठौँ सेमेस्टरको अध्ययन गर्न विद्यार्थीलाई अभ्यासमा पठाउने गरेको छ । यसबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग पुगेको क्याम्पसको भनाइ छ ।

पछिल्लो समय क्याम्पस व्यवस्थापनतर्फ बिबिए एआई, बिएचटिएम, बिटिटिएम विषयको अध्यापन समेत हुँदै आएको छ भने यो वर्षदेखि एमबिए इन हस्पिटालिटी म्यानेजमेन्टको भर्ना सुरु भएको छ । क्याम्पसले पढ्दै, सिक्दै र कमाउँदै भन्ने अभियानका साथ विद्यार्थीलाई जोड्न सफल भएको छ । यसको प्रतिफल विद्यार्थीमा यो कार्यक्रमले आकर्षण समेत थपिरहेको छ ।

विद्यार्थीहरूले पाँच तारे होटेलमा समेत अभ्यासको मौका पाउने गरेका छन् । जसबाट विद्यार्थीहरू क्याम्पसको चार बर्षे पढाइ सकेर सिधै रोजगारीमा जोडिने मौका पाउँछन् । पढ्दै, सिक्दै, कमाउँदै चार बर्षे एकेडेमिक डिग्री हो ।

यो कार्यक्रमबाट विद्यार्थीले पढ्दा खर्च भएको पैसा प्रायोगिक चरणमै फिर्ता पाउँछन् । जसबाट विद्यार्थी मात्रै होइन, अभिभावकसमेत लाभान्वित हुने गरेका छन् । यो क्याम्पसले कम्प्युटरबाटै परीक्षा दिलाउने परीक्षा प्रणाली समेत विकास गरेको छ । जसबाट विद्यार्थीलाई सूचना प्रविधिमा जोडन समेत सहयोग पुगेको छ ।

क्याम्पसका व्यवस्थापन विभाग प्रमुख डा. श्रीप्रसाद भट्टराई क्याम्पसले पछिल्लो समय विद्यार्थीलाई सिधै रोजगारीमा जोड्ने शिक्षालाई प्राथमिकता दिएको बताउँछन् । उनका अनुसार क्याम्पसले एक महिने, तीन महिने र ६ महिने छोटो अवधिको हस्पिटालिटी तालिमदेखि चार पाँच बर्षे एकेडेमिक शैक्षिक कार्यक्रम विद्यार्थीको रोजाइमा परिरहेका छन् ।

विद्यार्थीलाई सिधै रोजगारीमा जोडिन पछिल्लो समय धेरै युवा विद्यार्थीको रोजाइमा परिरहेको बार बारिष्ठा, हाउसकिपिङ जस्ता छोटो अवधिको कार्यक्रमदेखि डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट, डिप्लोमा इन कुलनरी आर्ट जस्ता कार्यक्रम सञ्चालन भइरहेको छ । व्यवस्थापन फाँटतर्फ कूल २२५ विद्यार्थी अध्ययन गरिरहेका छन्

त्यसका अतिरिक्त शान्ति र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा मास्टर तहको अध्ययन समेत हुँदै आएको छ । क्याम्पसले अर्को वर्षदेखि एमपिएको अध्ययन समेत सुरु गर्ने भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सन्काएका डिन डा. हरिशरण चखुले सिटी क्याम्पसको विषय छनौटले विद्यार्थीको रुचि, भोलिको भविष्य, रोजगारीको अवसर सबै विषयलाई सम्बोधन गरिरहेकोले यो क्याम्पसमा विद्यार्थीको आकर्षण थपिएको बताउँछन् ।

उनका अनुसार क्याम्पसमा अध्यापन हुने विभिन्न एकेडेमी कार्यक्रमले बौद्ध शिक्षा र दर्शन मात्रै होइन, भोलिको दिनमा विद्यार्थी बाहिर जाँदै गर्दा हातमा सिप लिएर निस्कने भएकोले यी कार्यक्रमले सिटी क्याम्पसलाई फरक पहिचान दिएको छ । यो क्याम्पस फरक धार र विधा अध्ययन हुने विशेषता बोकेको क्याम्पसको पहिचान बनाएको छ भन्दा अन्यथा हुँदैन ।

बुटवललाई शैक्षिक हबको रूपमा विकास गर्न यो क्याम्पसले महत्त्वपूर्ण भूमिका खेलेको कुरामा कुनै दुबिधा हुँदैन । कूल ६ बिगाहा क्षेत्रफलमा फैलिएको यो क्याम्पसले भोलिको दिनमा समयको माग र आवश्यकता अनुसारको विधागत शैक्षिक कार्यक्रमलाई जोड्दै जाने योजना समेत बनाएको छ ।

अन्त्यमा प्राविधिक ज्ञानसहितको शिक्षा भन्ने नारा उठिरहेको पछिल्लो समयमा सिटी क्याम्पसले पनि विद्यार्थीको रोजाई, भोलिको भविष्य, रोजगारीको अवसर आदि सबै विषयवस्तुलाई केन्द्रमा राख्दै फरक पहिचानको साथ उभ्याउने प्रयास गरिरहेको छ ।