ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा

६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसीले पनि प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएकी छिन् । प्रदेश सभा सचिवालयले प्रकाशित गरेको सूचनाअनुसार नेपाल कम्युनिष्ट पार्टीकी सांसद केसीले प्रदेश सभा सदस्यबाट राजीनामा दिएकी हुन् ।

उनी प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाब जित्ने एक्ली उम्मेदवार हुन् । उनी बाँके १(१) बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । तत्कालीन कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धनकी साझा उम्मेदवार केसीले नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गरेकी थिइन् ।

केसीले ९ हजार १०३ मत पाउँदा चौधरीले सात हजार ९६६ मत पाएका थिए । केसी २०७४ मा पनि सोही क्षेत्रबाट प्रत्यक्षमा निर्वाचित भएकी थिइन् । माओवादीको विद्यार्थी संगठन, महिला संगठन हुँदै बाँके जिल्ला सचिव र केन्द्रीय सदस्य समेत भएकी केसी ०५४ चैतमा जेल परी ०५६ वैशाखमा छुटेकी थिइन् ।

उनीसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का धनबहादुर मास्की, नेकपामा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बानियाले राजीनामा बुझाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

चारै जना सांसदले माघ ४ गते प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको ब्यहोरासहितको पत्र सभामुखलाई बुझाएको भन्दै प्रदेश सभा सचिवालयले सूचना प्रकाशन गरेको हो ।
लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले चार जना सांसदले बुझाएको राजीनामाको सूचना प्रकाशित गरिएको बताए ।

चार जना सांसद प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्नका लागि प्रदेश सभा सदस्यबाट राजीनामा दिएका हुन् । उनीहरुमध्ये चौधरी र बानियाँले पार्टीसमेत परित्याग गरेका छन् । चौधरी नागरिक उन्मुक्ति पार्टी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा महासचिव बनेका छन् । बर्दिया २ (२) बाट प्रदेश सभामा निर्वाचित भएका उनले बर्दिया २ बाट उम्मेदवारी दिदै छन् ।

रुपन्देही ४ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित बानियाँ राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर रुपन्देही ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिदै छन् । दाङ ३ (२) बाट निर्वाचित भएका मास्की दाङ निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार बन्दैछन् । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशसभामा ४ जनाको राजीनामापछि प्रदेश सभा ८३ सदस्यीय भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?